नेकपा सचिवालय बैठक सुरु, जनवर्गीय र भ्रातृसंगठनका इन्चार्ज-सहइन्चार्ज तोकिने

नेकपा सचिवालय बैठक सुरु, जनवर्गीय र भ्रातृसंगठनका इन्चार्ज-सहइन्चार्ज तोकिने
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७६

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
जनवर्गीय र भ्रातृसंगठनको इन्चार्ज र सहइन्चार्ज तोक्ने, विशेष कमिटी गठनको एजेण्डा, सचिवालय सदस्य झलनाथ खनालको वरीयता निर्धारण आदि विषयमा आजको बैठकमा छलफल हुने बताइएको । यससँगै विशेष कमिटीलाई प्रदेश कमिटीको मान्यता दिइने पनि जनाइएको छ ।
स्रोतका अनुसार जिम्मेवारी नपाएका केन्द्रीय सदस्यलाई जनसंगठनको इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी गरिएको छ । बैठकमा अध्यक्ष ओली उपचारका लागि सिंगापुर जाने विषयमा समेत छलफल हुनेछ ।
उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले पुन: जाँच गराउनका लागि जान लागेका हुन् ।