'रणहार'लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा-श्री (विज्ञप्तिसहित)

'रणहार'लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा-श्री  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १, २०७६

काठमाडौँ : यस वर्षको मदन पुरस्कार योगेश राजको पुस्तक 'रणहार' पुस्तकलाई दिइने भएको छ । 

आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले यस बर्षको जगदम्बा-श्री आयामेली कवि एवं संस्कृतिकर्मी वैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ ।

मदन पुरस्कार पुस्तकालयले यस वर्षको मदन पुरस्कारका लागि 'रणहार'सहित सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’ र ध्रुव सापकोटाको ‘विचारको लास’ गरी सात कृति छनोट भएका थिए ।

पुरस्कारका लागि कुल २५७ कृति प्राप्त भएकामा छनोट समितिले सात कृतिको नाम सार्वजनिक गरेको बताइएको छ । 

मदन पुरस्कार गुठी यस्तो रहेको  छ ।