नेकपाले जनसङ्गठन र विशेष कमिटीको नेतृत्व इन्चार्ज र सहइन्चार्ज तोक्यो (सूचीसहित)

नेकपाले जनसङ्गठन र विशेष कमिटीको नेतृत्व इन्चार्ज र सहइन्चार्ज तोक्यो (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७६

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  २०७६ भाद्र १ गते आइतबार बसेकाे सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्वको  चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकको उक्त निर्णय गरेकाे हाे  

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसर निम्न कमिटीमा  निम्न अनुसारकाे जिम्मेवारी दिइएकाे छ ।

 ‍उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा‌. राजन भट्टराई र सचिव लेखनाथ न्यौपाने 

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल,

मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेल,

पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी,

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम तय हुन बाँकी, सचिव चन्द्र रिजाल,

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठ,

ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ

अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम,  सहइन्चार्ज सुनील मानन्धर, र अध्यक्ष  हरि पराजुली,

अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका,

राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’,

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल,

नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की,

पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेल,

 प्रेस संगठन नेपालमा राजेन्द्र गौतम इञ्चार्ज, ओम शर्मा सहइञ्चार्ज,

मानवअधिकार एलाइन्समा थममाया थापा इञ्चार्ज, सत्या पहाडी सहइञ्चार्ज,

खेलकुद महासंघमा गणेशमान पुन इञ्चार्ज, हिक्मत कार्की सहइञ्चार्ज,

कानून ब्यवसायीमा देव गुरुङ इञ्चार्ज, धर्मनाथ साह सहइञ्चार्ज,

भूमीहिन सुकुम्कासीमा रामप्रित पासवान इञ्चार्ज, सन्तकुमार चौधरी सहइञ्चार्ज,

अपांगता महासंघमा दिपेन्द्र पुन इञ्चार्ज, जया घिमिरे सहइञ्चार्ज,

इञ्जिनियरको संस्थाको मनोज थापा इञ्चार्ज,

शिक्षक सम्वद्ध संगठनमा मणि थापा इञ्चार्ज र जीवन घिमिरे सहइञ्चार्ज, 

उद्योग ब्यवसायी महासंघमा मुकुन्द न्यौपाने इञ्चार्ज, श्रीराम ढकाल सहइञ्चार्ज,

भूपू सैनिकमा सन्तु दराई इञ्चार्ज, हरि राई सहइञ्चार्ज, 

 आदीवासी जनजाती महासंघ इञ्चार्जमा गोकुल घर्ती, सहइञ्चार्जमा कमानसिंह लामा,

राष्ट्रिय जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई इञ्चार्ज, गोपाल ठाकुर सहइञ्चार्ज,

मुस्लिम संगठनमा हकिकुल्ला खाँ इञ्चार्ज,

दलित मुक्ति संगठनमा जगत बिक इञ्चार्ज, दलजित श्रीपाली सहइञ्चार्ज, 

प्राध्यापक सम्वद्ध संगठनको इञ्चार्जमा डा‍. युवराज खतिवडा इञ्चार्ज र नारायण शर्मा सहइञ्चार्ज,

स्वास्थ्य सम्वद्ध संगठनमा सुजिता शाक्य इञ्चार्ज, अञ्जना बिसंखे सहइञ्चार्ज,

 बिपद ब्यवस्थापन सम्वद्ध संगठन इञ्चार्जमा डा. गंगालाल तुलाधर र सूर्य सूवेदी सहइञ्चार्ज,

प्रतिष्ठान सम्वद्ध संगठनमा इञ्चार्ज तुलबहादुर गुरुङ, सहइञ्चार्ज धर्मशिला चापागाई,

बैदेशिक रोजगारमा श्रीप्रसाद साह इञ्चार्ज, लक्ष्मण पन्त सहइञ्चार्ज,  

सहकारीमा धर्मदत्त देवकोटा इञ्चार्ज, पशुपति चौलागाई सहइञ्चार्ज,

उपभोक्त हित सम्वद्ध संगठनमा देवी ज्ञवाली इञ्चार्ज र जोखबहादुर महरालाई सहइञ्चार्ज,

पार्टी स्कूल बिभागको उपप्रमुखमा बेदुराम भुसाल,

 किसान महासंघको संयोजकमा हरि पराजुली