दुखाइको महसुस गराउने अङ्ग पत्ता लाग्यो

दुखाइको महसुस गराउने अङ्ग पत्ता  लाग्यो

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २, २०७६

स्वीडेन । स्वीडेनका शोधकर्ताहरुले एउटा यस्तो संवेदनशील अंगको खोजी गरेका छन्  । जसले छालामा केही हुने बित्तिकै तत्काल दुखाईको महशुश गराउँछ ।

शोधकर्ताले जुन संवेदनशील अंग खोजेका छन् जो ग्लिया सेल्स तथा लेयर्सवाला प्रोट्युशियंसले बनेको कोष हो जसले छालामा अलग्गै अंग बनाउनेछ । 

यो अंग दुखाईप्रति संवेदनशील नर्भ सेल्सको वरिपरि हुन्छ । जसको धेरै पत्र हुने कारणले छालाको माथिल्लो भागसम्म  याे फैलिएको हुन्छ जसका कारण दुखाईको महशुश हुने गर्दछ।

यो शोध दुखाईलाई लिएर लामो समयसम्म रहेको रहस्यका बारेमा नयाँ तथ्य फेला पार्न सफल हुने ठानिएको छ । यसले दुखाई कम गर्ने औषधिको विकास गर्नमा सहयाेग पुग्नेछ । हाल हरेक पाँच जनामा एक जनालाई शरीर दुखाईको समस्या हुने गरेकाे छ जसका लागि नयाँ पेनकिलरको आवश्यकता महशुस गरिएकाे छ ।  

स्टकहोमको कारोलिंस्का इन्सटिट्युटका प्रोफेसर प्याट्रिक अर्नफोर्सका अनुसार, धेरै सेल मिलेर बनेको यही अंग नै पुरानो भन्दा पुरानो दुखाईको कारण हो कि भन्ने गम्भीर सवाल   हो । यो अंग एक प्रकारको श्वान सेल सँग मिलेर बनेको हो जो नर्भ सेलको वरिपरि रहेको हुन्छ । 

प्याट्रिकका अनुसार अध्ययनबाट के पत्ता लागेको छ भने, दुखाईप्रति संवेदनशील केवल छालामा हुने नर्भ सेलमा मात्र हुने होइन् । दुखाईको लागि खोजिएको नयाँ अंग पनि यसको लागि जिम्मेवार हुनसक्छ । 

यो अध्ययनले शारीरिक संवेदनाको नर्भ सेल प्रतिको हाम्रो सोच बदल्न सक्नेछ । यसले दुखाई कम गर्ने औषधिको विकास गर्नमा मद्दत पुग्नेछ । यो अध्ययनको बारेमा साइन्स जर्नलमा प्रकाशित गरिएको छ । 

अक्टोपस जस्तो आकार भएको यो सेल जब सक्रिय हुन्छ तब एक प्रकारको इलेक्ट्रिकल फोर्स तयार हुन्छ जसको प्रतिक्रिया स्वरुप दुखाई महशुश हुन्छ । यसलाई निर्माण गर्ने कोशिकालाई बाहिरबाट नियन्त्रण गर्न सकिनेछ । 

यसबाट के थाहा हुन्छ भने यसले कसरी घोच्ने तथा दवाव महशुश गराउनेछ । शोधमा दुखाई महशुश गराउने अंगलाई निष्क्रिय (ब्लक) गराइएको थियो जसले दुखाइको संवेदनशीलतामा निकै कमि भएको महशुश गरिएको थियो ।