'बण्ड कार', जसको लिलामी मूल्य ६३ लाख ५० हजार डलर

'बण्ड कार', जसको लिलामी मूल्य ६३ लाख ५० हजार डलर

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २, २०७६

क्यालिफोर्निया । जेम्स बण्ड फिल्मको प्रमोशनका लागि प्रयोग गरिएको १९६५ को ऐस्टन मार्टिन डिबि ५ कार ५ सेकेण्ड भन्दा कम समयमा बिकेको समाचार  छ । यसको लिलामी क्यालिफोर्नियामा ६३ लाख ५० हजार डलरको रेकर्ड मूल्यमा भएको थियो । यो लिलामीसँगै  यो  मूल्य संसारको सबै भन्दा महंगो डिबि ५ कार बनेको छ । 

जेम्स बण्ड फिल्म थंडरबलका लागि यसमा १३ वटा परिवर्तन गरिएको थियो । यसलाई संचालन गर्नका लागि सेंटर आर्म सेंटर पछि पनि बटन लगाइएको थियो । फिल्मको सफलताका कारण यसको नाम नै बण्ड कार रहन गएको थियो । यसको प्रसिद्धिका कारण कारलाई थंडरबल तथा गोल्डफिंगर फिल्मको प्रमोशनका लागि समेत प्रयोग गरिएको थियो ।  

डिबि ५/२००८/ आर चेसिस नम्बर भएको यस कारलाई विशेष रुपमा इयान प्रडक्सनका लागि बनाइएको थियो । ओस्कार विजेता तथा इफेक्ट एक्सपर्ट जोन स्टिअर्सको सल्लाहमा कारमा १३ वटा चिज मोडिफाइड गरिएको थियो । उनले कारमा फिल्ममा जस्तै घुम्ने नम्बर प्लेट, रिमुभेबल रुफ प्यानल (खुल्ने तथा बन्द हुने), आइल स्लिक, प्रत्येक बम्परमा ३० क्यालिबर मेशिन को बन्दुक, बुलेटप्रुफ शील्ड, ट्र्याकिङ डिभाइस तथा नेल स्प्रेयरका साथै स्मोकिंग ग्याजेट पनि राखिएको थियो । कार बिक्री गर्नुृ अघि प्रदर्शनमा राखिएको थियो । 

लिलामीमा ७ वटा समूह संलग्न भएका थिए । यसमा ६ वटा समूह लिलामी कोठामा रहेका थिए भने एउटा समूहले फोनबाट नै आफ्नो बोली लगाएको थियो । 

यसलाई जेम्सको एक जना फ्यान ले ६३ लाख ५० हजार डलरको रेकर्ड मूल्यमा किनेका थिए । यस भन्दा अघि यसको स्वामित्व जेसीबी अरबपति तथा टोरी पार्टीका डोनर लर्ड बमफोर्डसँग रहेको थियो ।