अमेरिकामा ६ घण्टा लोडसेडिङ  साढे ३ लाख यात्री अलपत्र !

अमेरिकामा ६ घण्टा लोडसेडिङ  साढे ३ लाख यात्री अलपत्र !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २, २०७६

काठमाडौँ,एजेन्सी । कुनै समय १८ घण्टासम्म लोडसेडिङ बेहोरेका नेपालीका लागि बत्ती नहुनु कुनै नौलो कुरा होइन । तर, अमेरिकाका लागि भने यो कल्पना भन्दा बाहिरको कुरा मानिन्छ। 

२०७६ साउन ३१ शुक्रवार बत्ती नभएपछि अमेरिकाको एयरपोर्ट कस्टम सिस्टम क्र्यास भएको छ । यसबाट न्यु योर्क, सन फ्रान्सिस्को, वासिंगटन, लस एन्जेल्स, न्युजर्सी तथा नेवार्क समेत १७ एअरपोर्टमा गम्भीर समस्या देखियो । अमेरिकी सीमा शुल्क तथा सीमा सुरक्षा (सिबिपि) प्रणाली देशव्यापी रूपमा खराब भएका कारण यो समस्या उत्पन्न भएको हो । 

सिबिपिका अनुसार यो समस्याका कारण अन्तर्राष्ट्रिय यात्रीलाई वैकल्पिक चेक—यिनको व्यवस्था गर्नु परेको थियो । यो समस्याले ६ घण्टा ३.५ लाख यात्री अलपत्र परेका थिए । तर अधिकारीहरूले भने तीन घण्टामा नै समस्या समाधान भएको बताएका छन् । एअरपोर्टमा बिचल्लीमा परेका मानिसले सोसल मिडियामा कस्टमसएपोकेलिप्से ह्यास ट्याग गरेर कस्टम विभागको ट्रेल गरेका थिए । 

जर्ज वासिंगटन विश्वविद्यालयका प्राध्यापक रेबेका ट्रम्बले लेखेका छन्, वासिंगटनको डुलेस् एअरपोर्टमा ५ हजार यात्री ४ घण्टा देखि बसिरहेका छन् । यात्रीहरूलाई पानीको पनि समस्या परेको छ । 

न्युर्योकको जेएफके एअर पोर्टले ट्विट गर्दै लेखेको छ, सीमा शुल्क प्रणाली देशभर समस्याग्रस्त छ ।

अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेशनले कुनै पनि अप्रिय घटना नभएको तथा देशमा कुनै पनि उडान रद्द नभएको जनाएको छ । यसभन्दा अघि २ जनवरी २०१७ मा पनि ४ घण्टाका लागि सिस्टम डाउन भएको थियो ।