चितवन प्रशासनले लगायो कर्फ्यू

चितवन प्रशासनले लगायो कर्फ्यू

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७६

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

केही दिनअघि भएको शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई पक्राउ गरेको थियो । लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरूले चितवनमा प्रदर्शन गर्दै आएका थिए ।

उता, स्वर्गीय पुडासैनीलाई न्याय दिनुपर्ने र दोषीलाई सजायको माग गर्दै अर्काे समूहले पनि सोही ठाउँमा प्रदर्शन गर्न थालेको छ । यसरी प्रदर्शन र नाराबाजी बढ्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

उक्त क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालत आदि निकायहरूका कार्यलय रहेका  छन् ।