ओलीसँग भएको सहमति कार्यान्वयन हुन्छ : प्रचण्ड

ओलीसँग भएको सहमति कार्यान्वयन हुन्छ : प्रचण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७६

धनुषा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन हुनेमा ढुक्क रहेको बताएका हुन् ।

उनले देशमा कानुनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफल पार्न क्रियाशील हुने दाबी पनि गरे ।