शालिकराम आत्महत्या प्रकरण : अस्मिताको बयान सकियो, रवि र युवराजको सुरु

शालिकराम आत्महत्या प्रकरण : अस्मिताको बयान सकियो, रवि र युवराजको सुरु

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २, २०७६

चितवन : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ परेकी अस्मिता कार्कीको बयान सकिएको छ ।  पक्राउ परेका तीनै जनाको बयान लिने क्रममा कार्कीको बयान आज सकिएको स्रोतले जानकारी दिएको छ ।

कार्कीको बयान सकिएलगत्तै रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको बताइएको छ ।

अदालतबाट पाँछ दिनका लागि थुनामा राख्न अनुमति लिइएकामा बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ । पाँछ दिनको म्याद आज राती १२ बजे सकिनेछ ।