सैनिक अधिकृतकाे सनक,  रूखलाई पनि सजाय !

सैनिक अधिकृतकाे सनक,  रूखलाई पनि सजाय !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७६

एउटा वरको रुखलाई शंकाको आधारमा जंजीरले बाँधेर सजाय दिइएको छ । यो सजाय १२१ वर्ष पहिले अंग्रेजको शासनकालमा गरिएको थियो । तर, यो सजाय भने आज पनि जारी छ । यो रुखमा लगाइएको जंजीर आजसम्म पनि खोलिएको छैन् । 

सन् १८९८ मा यो घटना घट्दा पाकिस्तान भारतबाट छुट्टिएको पनि थिएन् । हाल पाकिस्तानको खैबर पख्तुनख्वाह स्थित लंडी कोटल सैनिक क्यान्टोनमेंटमा तैनाथ एक सैनिक अधिकृत जेम्स स्क्विड रक्सीको नशामा चुर थिए । नशामा चुर भएका कारण उनलाई लाग्यो रुख उनीतर्फ आइरहेको छ । जसले उनको ज्यान लिन सक्छ । उनले तुरुतं सर्जेन्टलाई रुखलाई कैद गर्ने आदेश दिए । त्यसपछि सैनिकले रुखलाई जंजीरले बाँधेर कैद गरे । 

अधिकृतलाई आफ्नो गल्ती स्वीकार गरेपनि उनले रुखको जंजीर हटाउन भने मानेनन् । कोही अंग्रेज शासन विरुद्ध लाग्छ भने उसको हालत यही हुन्छ भनेर देखाउन पनि उनले जंजीर हटाएनन् । 

रुखको माथि सानो एउटा तखता बनाएर त्यसमा ‘आइ एम अंडर अरेस्ट’ भनेर पनि लेखिएको थियो । यो रुख एकदमै चर्चित छ तथा संसारभरका मानिस यसलाई हेर्न पनि आउने गरेका छन् । जसले अंग्रेज शासनकालको कालो कानूनको याद गराउँछ । 

शायद यो संसारको सबैभन्दा लामो कैद सजाय हो जसलाई केवल शंकाको भरमा कैद गरिएको थियो ।