डुङ्गा चढेर लन्डनदेखि न्युयोर्क जाँदै ग्रेटा थनबर्ग

डुङ्गा चढेर लन्डनदेखि न्युयोर्क जाँदै ग्रेटा थनबर्ग

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

काठमाडाैँ । पर्यावरण जोगाउने आन्दोलनको प्रमुख व्यक्तित्व १६ वर्षीय ग्रेटा थनबर्ग २३ सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट समिटमा भाग लिनका लागि ६० फिट लामो डु‌ंगा चढेर (नौका विहार) लंडनबाट १४ अगस्टमा हिंडेकी छन् । उनी विमानबाट यात्रा नगरी डु‌ंगा चढेर गर्नुको मुख्य उद्देश्य भनेकै सकेसम्म आफूले कार्बन उत्सर्जन कम गर्नु हो । 

ग्रेटा एउटा रेसिंग डु‌ंगा चढेर मेलिजिया २ बाट एटलांटिक ओशन हुँदै न्युर्योक जानेछिन । तर, ग्रेटा जाने डु‌ंगा फिर्ता ल्याउनका लागि भने दुई जना विमानद्वारा न्युयोर्क जानेछन् । जुन कार्वन उत्र्सजन कम होस भनेर उनले नौकाको प्रयोग गरिन त्यो फिर्ता ल्याउन भने दुई गुना कार्वन खर्च हुनेछ । 

मेलिजिया टीमका प्रवक्ताका अनुसार, ग्रेटाको न्युयोर्क यात्राका लागि एकदमै कम समय प्राप्त भएको हुनाले डु‌ंगा चालक दलका दुईजना सदस्यलाई विमानबाट न्युयोर्क पठाउनु परेको हो । 

६ हजार किमि पार गरेर न्युयोर्क पुग्न उनलाई एक हप्ता लाग्नेछ । यात्रामा उनीसँगै उनका फिल्ममेकर बाबु स्वेंत नाथन पनि हुनेछन् । 

मेलिजियाको टीमले उनलाई सित्तैमा यात्रा गराउन लागेको हो । ग्रेटा यस वर्ष मार्चमा नोबेल पुरस्कारका लागि मनोनयनमा पनि परेकी छन् । यदि यो वर्ष उनलाई नोबेल पुरस्कार दिइयो भने उनी सबैभन्दा कान्छी नोबेल पुरस्कार विजेता हुनेछिन् । 

पर्यावरण सम्बन्धी उनको आन्दोलनको नाम ‘स्कुल स्ट्राइक फर क्लाइमेट’ हो । उनी हरेक शनिवार स्कुल बाहिर हडताल गर्ने गर्छिन् । 

यस वर्ष १५ मार्चमा पर्यावरण संरक्षणका लागि उनको आह्वानमा १०५ स्कुलका केटाकेटी हडतालमा गएका थिए ।