टुंगो लाग्ला सत्य निरूपण र बेपत्ता आयोग प्रमुख ?

टुंगो लाग्ला सत्य निरूपण र बेपत्ता आयोग प्रमुख ?

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

सत्तारुढ नेकपा र कांग्रेसबीच यी दुई आयोगको विषयलाई लिएर लामो समयदेखि छलफल भइरहेको छ । सत्य निरूपण आयोगमा नेकपा र बेपत्ता छानबिनसम्बन्धी आयोगमा कांग्रेसनिकटलाई नियुक्त गर्नेबारे दुई दलका नेताबीच छलफल भइरहेको छ । 

सत्य निरूपणमा गोविन्द बन्दी र बेपत्ता छानबिनमा सूर्य ढुंगेलको नाम चर्चामा छ । तर, दुई दलले आपसी सम्झौता गर्न नसकेका कारण हालसम्म ती आयोग प्रमुखविहीन बनेका छन् ।
बुधबारको सर्वदलीय बैठकपछि भने यसको टुंगो लाग्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले केही दिनअघि संसदमा छिट्टै ती आयोगका प्रमुखको टुंगो लाग्ने बताएका थिए ।