तीजको दरः पार्टी प्यालेसको खाना खाएर रमाइलो गर्दा महिलाहरू  बिग्रन्छन् !?

तीजको दरः पार्टी प्यालेसको खाना खाएर रमाइलो गर्दा महिलाहरू  बिग्रन्छन् !?

निर्जला कक्षपति  |  जीवनशैली  |  भदौ ३, २०७६

‘तीजको लहर आयो बरी लै....’ 

 हरेक वर्ष मनाइने तीज पर्व यो वर्ष पनि नजिकिइसकेको छ । महिलाहरुको जमघट, भेटघाट र दर खाने कार्यक्रम विस्तारै बाक्लिँदै गएको छ । पार्टी प्यालेस गएर महिलाहरुले तीजको दर खाने कार्यक्रम राज्यले केही ठाउँमा बन्द गराए पनि राजधानीमा भने यसको कुनै असर पारेको देखिँदैन । यसरी रोक लगाउन नहुने मागहरु पनि बढेको छ ।  जहाँसम्म महिलाहरु पार्टी प्यालेस गएर नाचगान गर्दा वातावरण दूषित हुने कुरा छ, कुनै छिमेकीले ठूलो आवाजमा क्यासेट घन्काउँदा पनि हामीलाई त्यत्तिकै असर पुर्‍याइरहेको हुन्छ । हाम्रो परम्पराअनुसार, तीजको अघिल्लो दिन माइतीमा दिदीबहीनीहरु सबै जना जम्मा हुने अनि दरखाने र तीजको दिन नाचगान गर्ने हो । केही समययता आएर महिलाहरुले महिना दिन अगाडिदेखि आफूले भ्याएको समयमा भेटघाट गरेर रमाइलो गर्ने परिपाटी विकास हुँदै आएको छ । यसमा आपत्ति जनाउनुपर्ने नै के छ र ?

तीज पर्व हाम्रो संस्कृतिसँग जोडिएको पर्व पनि हो । आफनो पतिको दीर्घायुको कामना गरेर बसिने यो पर्वमा हिजोआज अविवाहित महिलाहरु योग्य श्रीमान पाऊँ भन्ने कामना गर्दै ब्रत बस्ने चलन रहिआएको छ । यो धार्मिक आस्थासँग जोडिएको तीज पर्व महिला मुक्तिसँग पनि जोडेर पनि हेर्ने गरिएको छ । सधैँभरि घरको काममा पिल्सिरहेका महिलाहरु यो पर्वको अवसरमा माध्यमबाट आफ्ना दुखेसो र पीरमर्कालाई पोख्ने गर्छन् । स्वतन्त्रताको माग गर्छन् । अन्याय र अत्याचारविरुद्ध आवाज उठाउँछन् । 

कुनै पनि चेलीका लागि माइती जाने अनि दिदीबहिनीसँग भेट गर्ने अवसर र निकै नै रमाइलो दिलाउने क्षण तीजले नै जुटाइरहेको हुन्छ । पार्टी प्यालेसमा रमाइलो गर्न जाँदैमा कुनै पनि महिला बिग्रँदैनन् । बरु एक दिनलाई भए पनि घरमा कामको बोझबाट मुक्त हुन्छन् । धेरै जनालाई घरमा खान बोलाउनु अनि त्यस्को व्यवस्थापन गर्नु भनेको आफैँमा निकै कठिन काम हुँदै गएको छ । सभासमारोह र गोष्ठीमा दिनहुँ सहभागी भइरहने पुरुषहरुले किन यस्तो भनेका होलान् ? के पार्टी प्यालेसको खाना खाएर रमाइलो गर्दैमा पुरुषहरु बिग्रिएका छन् त ?

आफनो दुस्ख र अप्ठ्यारोका कुरा कसैसँग पोख्न पाउँदा त मानिसको मन हलुंगो हुन्छ भने वर्षमा एक दिन भए पनि महिलाहरुले खुला रूपमा नाचगान गर्दा अवश्य पनि रमाइलो र हलुंगो महसुस हुने गर्छ । 

पहिलेका महिलाको तुलनामा हिजोआजका महिलाहरुले केही स्वतन्त्रता अवश्य पाएका छन् तर कुनै पनि चेलीका लागि माइती जाने अनि दिदीबहिनीसँग भेट गर्ने अवसर र निकै नै रमाइलो दिलाउने क्षण तीजले नै जुटाइरहेको हुन्छ । पार्टी प्यालेसमा रमाइलो गर्न जाँदैमा कुनै पनि महिला बिग्रँदैनन् । बरु एक दिनलाई भए पनि घरमा कामको बोझबाट मुक्त हुन्छन् । धेरै जनालाई घरमा खान बोलाउनु अनि त्यस्को व्यवस्थापन गर्नु भनेको आफैँमा निकै कठिन काम हुँदै गएको छ । सभासमारोह र गोष्ठीमा दिनहुँ सहभागी भइरहने पुरुषहरुले किन यस्तो भनेका होलान् ? के पार्टी प्यालेसको खाना खाएर रमाइलो गर्दैमा पुरुषहरु बिग्रिएका छन् त ?

कार्यालयमा काम गर्ने महिलाहरु त कमसे कम कार्यालय जानु नै पर्ने बाध्यतामा हुन्छन् र कार्यालयमा दिनहुँ जानुपर्ने हुन्छ । कार्यालयमा काम नगर्ने अथवा भनौँ घर गृहिणीका लागि घरबाट एक दिन बाहिर निक्लनु भनेको निकै ठूलो अवसर हो । एउटी गृहिणी यसरी घरको तानाबानाले यसरी जेलिएकी हुन्छिन् कि घरबाटै उम्किनै मुस्किल हुने गरेको छ । यस्ता महिलाहरु एक दिन भए पनि घरबाट बाहिर निस्केर आफना साथीसंगी अनि महिला दिदीबहिनीसँग दुस्ख सुखको कुरा गर्नु, आफूसँग भएका गरगहना लुगाफाटो लगाएर साथीभाइको अगाडि उपस्थित हुनुले कति अर्थ राख्छ होला रु हामी सहजै अनुमान लगाउनसक्छौँ । कतिपय दिदीबहिनीले त तीजको दिनमा लगाउने साडी हो भने अरू बेला नलगाई साँचीसाँची राखेर त्यो दिन मात्र लगाउने गर्छन् । कसैले भने आफूले पाएको दक्षिणा भएपनि संकलन गरेर त्यो दिनका लागि चुरापोते, धागो किन्ने गरेको पाइन्छ । 

सक्कली गहना हुनेले सक्कली गहना लगाउँछन् नहुनेले सुनको जस्तै देखिने नक्कली गहना लगाउँछन् । आखिर राम्रो देखिने रहर कसलाई हुँदैन र रु यी सब कुराले महिलाको जीवनमा खुसी ल्याइदिने गर्छन् । 

तीज पर्वमा एक अर्काले दिने उपहार र चुरापोतेको पनि निकै ठूलो महत्त्व राख्छ । उपहार आदानप्रदानले एकआपसमा सद्भाव मित्रता, सम्वन्धलाई पनि निकै दरिलो गाढा पारिदिन्छ । तीज पर्वको आर्कषक पक्ष पनि यही हो । 

महिला दिदीबहिनीहरु रातो, हरियो, पहेँलो रङमा सजिँदा निकै नै राम्रा देखिन्छन् । केही समय पहिलेसम्म विधवा महिलाले तीज पर्व मनाउनुहुँदैन भन्ने खालका भ्रमहरु थिए तर आज आएर ती भ्रम पनि तोडिसकेको अवस्था छ । महिला दिदीबहिनीहरु आफ्नै पैसा जम्मा पारेर पार्टी प्यालेसमा दर खान्छन्, रमाइलो गर्छन् यसमा किन टाउको दुखाउनुपर्छ र रु महिलाहरुले पार्टी प्यालेसमा दर खाएर बिग्रन्छन् भन्ने भनाइ उही छोरी पढायो भने बिग्रन्छन् भन्ने जस्तो भएन र भन्या ?