तीव्र गतिमा साइकलको चलाएर विश्व रेकर्ड कायम

तीव्र गतिमा साइकलको चलाएर विश्व रेकर्ड कायम

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

नेदरल्याण्ड । साइक्लिस्ट नील कैंपबेलले २८० किमि प्रति घंटाको रफ्तारले साइकल चलाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । यसका साथ उनले डच साइक्लिस्टको २४ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । यो रकर्ड बनाउनका लागि कैंपबेललाई रनवेमा पोर्शे कारका साथ छोडिएको थियो । यो रेस नर्थ योर्कशायरको एलविंग्टन एयरफिल्डसम्म चलेको थियो । 
 
रेसका दौरान नीलले पोर्शे गाडीसँगै बराबरीको गति लगाएका थिए । कैंपबेलले जुन साइकलले यो रेकर्ड बनाएका थिए त्यसलाई विशेष गरी तिव्र गतिमा चलाउनका लागि तयार गरिएको थियो । यो साइकलको मूल्य १५ हजार पाउंड हो । 

वर्ल्ड रेकर्ड बनाएपछि नीलले भने ( अब राहत महशुस भैरहेको छ । टीमले आश्चर्यजनक रूपले धेरै राम्रो काम गरेको छ । रिपोर्टका अनुसार, १९९५ मा नेदरल्याण्डका साइक्लिस्टले २६८.७६ किमिको तेज रफ्तारमा साइकल चलाएका थिए । जुन अहिलेसम्मको रेकर्ड थियो ।