एउटै युनिटका ९ जना नर्स एकै समयमा आमा  !

एउटै युनिटका ९ जना नर्स एकै समयमा आमा  !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

अमेरिका । अमेरिकाको मेन अस्पतालका एउटै लेबर यूनिटमा काम गर्ने ९ जना नर्स एकैपटक आमा बनेका छन् ।

यिनीहरु सबै एकै समयमा  गर्भवती भएका हुन् । उनीहरुले एकैपटक शोसल मिडियामा आफ्नो तस्वीर पोस्ट गरेर सबैको डेलिभरी डेट अप्रिल देखि जुलाईकाबीच रहेको बताए । अहिले यी सबै नर्सको बच्चासँगै बसेको फोटो भाइरल भइरहेको छ । 

ती बच्चाहरुको उमेर ३ हप्ता देखि ३.५ महिनाको छ । मेन मेडिकल अस्पतालका अनुसार, सोचे अनुरुप बच्चाहरुले अप्रिल देखि जुलाईकाबीच जन्म लिएका छन् । गर्भावस्थाको समयमा यी सबैले एकअर्काको हेरविचार पनि गरेका थिए । तर, यो बताइएको छैन कि उनीहरु क कस्ले के जन्माए । 

यस वर्षको मार्चमा यी नर्सहरुले बताएका थिए कि उनीहरु एकसाथ गर्भवती भएका थिए । यस्तो समयमा हामी सबैले एक अर्कालाई साथ दिने बताएका थियौं भने अस्पतालले पनि सम्भव भएसम्मको मद्दत गर्ने बताएको थियो । 

अस्पतालले फेसबुकमा, ‘८० दर्तावाल नर्स काम गरिरहेका मध्ये यी ९ गर्भवती’ भनेर लेखेको छ । तर फोटो भने केवल ८ जनाको मात्र शेयर गरिएको छ ।