अपराधको अखडा बन्दै बक्सिङ तथा जिमखाना

अपराधको अखडा बन्दै बक्सिङ तथा जिमखाना

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ३, २०७६

काठमाडौं, एजेन्सी । मेक्सिकोका चर्चित फुटबल खेलाड़ी तथा बक्सिङका  सोखिन खेलाडी मिगुएल एंजेल रामिरेजले मेक्सिकोको एकेटेपेक शहरको व्यस्त पुल मुनि एउटा जिमखाना शुरू गरेका छन् । यसमा बक्सिङको रिंग पनि रहेको छ । यसका माध्यमबाट उनी शहरका युवालाई लागु पदार्थको नशा तथा अपराधको दुनियाबाट टाढा राख्न चाहन्छन । 

मिगुएल भन्छन्, उनले मेक्सिकोको विभिन्न ठाउँमा गरेर करीब १२ वर्ष पुनर्वास केंद्रमा ६ हजार भन्दा धेरै मानिसलाई बक्सिङको तालिम दिएका छन् । मिगुएलकी छोरी पनि उनलाई उनको यस काममा सघाउँदैछिन । 

मिगुएलले के महशुश गरे भने बाटो बिराएका धेरै युवा पुनर्वास केंद्रको पहुंच बाट टाढा छन् । उनले यस्तो ठाउँ रोजे कि जो अपराधका लागि बदनाम छ । एकेटेपेकको सिटी ब्रिज उनलाई उपयुक्त लाग्यो । ठाउँ निश्चित हुने बित्तिकै उनले त्यहाँ लगेर बक्सिङको रिंग राखे । 

केही महिना पहिले जहाँ फोहोर फालिन्थ्यो तथा मानिस ड्रग लिइरहेको देखिन्थ्यो आज त्यहाँ युवाहरु बक्सिङको अभ्यास गरिरहेका देखिन्छन् । यहाँ बाबु छोरी दुबै जना मिलेर तालिम दिने गरेका छन् । उनीहरुको कोशिश युवाको ध्यान ड्रग्स तथा लुट तर्फ नजाओस भन्ने हो । यसको सबै खर्च मिगुएल आफैंले उठाउने गरेका छन् । 

मिगुएलका अनुसार यदि युवाले खेल तथा पढ़ाई छोडे भने उनीहरु अपराध तथा नशा तर्फ आकर्षित हुने खतरा रहन्छ । मिगुएलको छोरी फर्नांडा पेशेवर बक्सर हुन् । मिगुएलका एउटा छोरा ड्रग्सका कारण नै फुटबलर बन्न सकेनन् । उनको १७ वर्षको अर्को छोरो भने बक्सिङ सिक्दै छन् । 

मिगुएल मेक्सिकोको समस्या राम्रोसँग बुझ्छन त्यसकारण उनले यो पहल कदमी गरेका हुन् । चाँडै नै उनको छोरा पनि यो अभियानमा जोडिने भएका छन् ।