पत्नीले लड्डु मात्र खान दिएको भन्दै सम्बन्ध विच्छेदको निवेदन

पत्नीले लड्डु मात्र खान दिएको भन्दै सम्बन्ध विच्छेदको निवेदन

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  भदौ ४, २०७६

 


काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका अरु खानेकुरा केही नदिइ केवल ४–४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि पतिले निवेदन दिएका छन् । 

दुबैको विवाह भएको १० वर्ष भैसकेको छ भने तीनजना बच्चा पनि छन् । उनका पतिका अनुसार अंधविश्वास तथा तांत्रिकले भनेका कारण पत्नीले केवल बिहान ४ वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिने गरेको बताए । लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको पनि उनको आरोप छ । 

पतिको भनाइमा उनी केही समय पहिले बिमारी भएका थिए । त्यसबेला पत्नीले तांत्रिकलाई देखाउँदा यदि उनलाई सबै कुरा मनाउनु छ भने उनलाइ नियमित लड्डु ख्वाउन सल्लाह दिए । त्यसैबेला देखि यो सिलसिला जारी छ । 

मेरठ फैमिली कोर्टका काउंसलरका अनुसार, यो मामिला सुनेर हामी हैरान छौं । हामी उनीहरुलाई काउंसिलिंगका लागि बोलाउन सक्छौं । तर, उनीहरुको अंधविश्वासको उपचार गर्न भने सक्दैनौं ।