गाइखुरे झरनामा पहिलो क्यानोनिङ महोत्सव भदौ ६ र ७ मा

गाइखुरे झरनामा पहिलो क्यानोनिङ महोत्सव भदौ ६ र ७ मा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ४, २०७६

लमजुङ । लमजुङकाे  गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको  छ । 

पर्यटन प्रवर्दनका गर्ने उद्देश्यले  'प्रथम क्यानोनिङ महोत्सव २०७६'  महोत्सव आयाेजना गर्न लागिएकाे हाे  । 

डुर्मे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा अवस्थित  गाईखुरे झरना पर्यटकीय सम्भावना भए पनि ओझेलमा पर्दै आएकाे छ । 

'पर्यटन वर्ष २०२० 'लाई सार्थकता  दिने  उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले  जानकारी  दिनुभएकाे छ ।

 गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आएकाे  झरनालाई थप व्यवस्थित गरेर यस पटकबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत पहिलाे पटक महोत्सवको आयोजना हाे । 

महोत्सवको तयारी अन्तिम चरणमा पुगेकाे आयोजकले जनाएको छन्  ।

 महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गर्ने तयारी गरिएकाे  छ ।   महोत्सवमा  १० देखि १५ हजार दर्शकको अपेक्षा आयोजकको रहेको छ ।

महोत्सव सञ्चालनका लागि अनुमानित साढे चार लाख खर्च र  सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा आयोजना गर्ने तयारी भइरहेको  छ । 

याे  झरना करीब ७० मिटर अग्लो रहेकाे छ ।