भदौ १४ मा  'जुम्ला स्याउ महोत्सव २०७६'

भदौ १४ मा  'जुम्ला स्याउ महोत्सव २०७६'

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ४, २०७६

जुम्ला । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ को आयाेजना गरिने भएकाे छ । 

कान्जिरोवा टाइम्सकाे आयोजनामा हुने उक्त स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएकाे प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभएकाे छ । 

स्याउको उत्पादन, प्रवर्दधन तथा बजारीकरणमा सहयाेग पुर्‍याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव  आयाेजना गरिएकाे जानकारी दिइएकाे  छ । 

अघिल्लाे वर्ष  जुम्ला जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रको अ‌ाँकडाले  देखाएको छ ।

गत वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेकाे छ  ।

आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ पुगाेस भनेर महोत्सव गर्न लागिएको बताउनुभएको छ ।

जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सवलाई विकास गर्न लागिएकाे र देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव सफल विश्वास समेत व्यात्त गर्नुभयाे । 

 महोत्सवमा स्याउका विभिन्न परिकार सहितकाे का स्टल राखिने र  सदरमुकाम खलङ्गामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार राख्ने तयारी भइरहेकाे छ ।  

पछिल्ला तीन वर्षयता जुम्लामा शुरु गरिएको इटालियन फिजी स्याउ पनि स्टलमा राखिने  तयारी भइरहेकाे  आयाेजकले जनाएका छन्  । साथै  विभिन्न स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने तयारी भइरहेको छ ।