कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग हस्तान्तरण

कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ४, २०७६

काठमाडौं।  इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । 

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण उक्त रकम हस्ताद्दतरण गर्नु भएकाे हाे । 

हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विदेशमा रहेका नेपालीहरूले आपदविपदमा ठूलो सहयोग पुर्‍याइरहेको बताएका थिए । यस्ता सहयोगले नेपालीहरूको घाउमा मल्हमपट्टी पुगेको बताउनु भयाे  । त्यसैगरी चुम्लुङका महासचिव निरन्ती तुम्बापो दुःखले जुटाएको रकम सहिसदुपयोग हुने विश्वास लिएको बताएकी थिइन् । संघसंस्थामा समेत सक्रिय रहेका टुकेन्द्रलाई विरामी छँदा आराम गर्न सुझाएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको निवर्तमान उपाध्यक्ष तथा इलामेली समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष मञ्जु लावतीले बताउनु भयाे । 

विवाहपछि एकहप्ता मात्र बस्न पायौं –श्रीमती सरस्वती नेम्बाङ

वैदेशिक रोजगारमा गएर छुट्टीमा फर्केका साखेजुङका टुकेन लिम्बू (लिङ्दम)ले आफ्नी प्रेममा रहेकी सरस्वती नेम्बाङसँग विवाह गरे । छोटो समयको लागि आएका टुकेनले श्रीमतीसँग एक हप्ता पनि बस्न नपाई फर्किए । आफ्नो करार अवधि पूरा गरेर फर्कने र सुखको जिन्दगी जिउने बाचा गरिरहेका टुकेन फर्केर त आए तर बाकसमा । 

वि.सं. २०७४ मंसिर २५ गते विवाह गएर पुषमा कोरिया गएका टुकेनले गत असार २९ गते कोरियामै मृत्युवरण  गर्नु भएकाे थियाे ।

 मुटुरोगी टुकेन कोरिया जानुपूर्व अप्रेसनसमेत गरेका रहेछन् । डाक्टर गह्रौं काम नगर्नु भन्दाभन्दै नियमित काममा गएको कारण उक्त घट्ना भाग्नुपरेको हो । टुकेन कोरिया जानुअगाडि मलेसिया तथा अफगानिस्तानसमेत गइसकेका रहेछन् । 

नेम्बाङले आफू शोकमा रहेको बेला यसरी राहत पठाउनेहरूलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे  । टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने सोचमा रहेको बताउँदै चौतारा निर्माण पनि भइसकेका नेम्बाङले जानकारी दिनु भएको थिथो ।   

उक्त रकम १६६ जनाबाट ४ लाख ७६ हजार संकलन भएको जानकारी समेत दिइएकाे िथयाे ।