ओबामाको २३ नंबरको जर्सी १ लाख २० हजार डलरमा बिक्री !

ओबामाको २३ नंबरको जर्सी १ लाख २० हजार डलरमा बिक्री !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ५, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामाको बास्केटबल जर्सी १ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको छ ।

यसकाे  जानकारी हेरिटेज अक्शन हाउसले दिएको हो । २३ नंबरको यो जर्सी ओबामाले १८ वर्षमा सन् १९७८ देखि १९७९ सम्म स्कुल पढ्दा लगाउनु भएको थियाे ।

यो जर्सी  स्कूलका एकजना जूनियर पीटर नोबलले लिलामीका लागि राख्नु भएकाे थियाे ।

 जो हाल ५५ वर्षका भइसक्नु भएको  छ । 

बिक्री हुनु पूर्व भने यस जर्सीको मुल्य १ लाख डलर राखिएको थियो । यसका लागि २७ जनाले बढाबढमा  बोलि  बाेलेकाे समाचार छ ।

 यसलाई एक अमेरिकी खेल कलाकृतिका संग्रहकर्ताले खरीद गर्नु भएकाे हाे ।  खरिदकर्ताको नाम भने गोप्य राखिएको छ ।

ओबामाले यो जर्सी हवाईको पुनाहौ हाई स्कूलमा सीनियर भएका बेला लगाउनु भएको थियो ।

बास्केटबल बाराकको एकदमै मन पर्ने खेल हो । उहाँ व्हाइट हाउसमा भएका बेला पनि आफ्नो स्टाफ, सेलिब्रेटी तथा नातेदारसँग पनि आफ्नो कार्यकालमा कैयौं पटक बास्केटबल खेल्ने गर्नु हुन्याे  । 

पीटर नोबल पुनाहौ हाई स्कूलमा ओबामा भन्दा तीन ब्याच जुनियर रहेको बताइएको छ । पीटर पनि हाई स्कूल बास्केटबल टीमका सदस्य थिए ।

ओबामाले २३ नंबरको जर्सी लगाउनु भएकाे  थियो । लिलामीबाट प्राप्त रकम मध्ये केही रकम  स्कूललाई दान दिने पीटरले घाेषणा गर्नु भएकाे छ ।