आधा रातमा  घरबाहिर टिभी छोड्ने मानिस !

आधा रातमा  घरबाहिर टिभी छोड्ने मानिस !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ५, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको भर्जिनियाका घर बाहिर एकजना मानिसले पुरानो टिभि राख्दै हिंडिरहेका छन् ।

यी मानिस आधा रातमा आउँछन् र टिभि राखेर जाने गरेका छन् । आफ्नो परिचय लुकाउनका लागि यी मानिस आफ्नो टाउकोमा टिभि जस्तो मुकुण्डो लगाउने गरेका छन् ।

१० अगस्टको राती यी मानिसले करीब ५० घरको बाहिर पुरानो टिभि छोडेर हिंडे । 

हुनत् उनको यो कामले कसैलाई नोक्सानी त पुगेको छैन् तर यसले मानिसलाई हैरानी भने बनाएको छ ।

स्थानीय निवासी जेम्स साइमनका अनुसार, यो विचित्र कुरो हो तर यसले कसैलाई नोक्सान पुर्याएको छैन् । 

पुलिसका अनुसार, यो इलाकामा केही मानिसले टिभि राखेका होलान ।

यो असामान्य घटना हो तर यसका कारण कसैलाई नोक्सानी पुर्‍याएको छैन् । 

स्थानीय समाचारको रिपोर्टका अनुसार २०१८ मा पनि यस प्रकारका घटना भएका थिए ।

उक्त घटनामा पनि २० भन्दा बढी भिंटेज टिभि घर अगाडीको बार्दलीमा राखिएको थियो ।