काठमाडौँ महानगर जुट्याे स्थानीय पाठ्यक्रम तयारीमा

काठमाडौँ महानगर जुट्याे स्थानीय पाठ्यक्रम तयारीमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ ५, २०७६

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया अगाडि बढाउने भएकाे  छ । 

यसकाे लागि २०७६ भाद्र ४ गते बुधबार एक  समिति  समेत गठन  गरी यो प्रक्रिया अगाडि बढाएकाे हाे । 

    महानगरपालिकाका  शिक्षा समितिको  बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिनुभयो । उक्त बैठमा  प्रमुख विद्यासुन्दर शाक्यको  समेत उपस्थिति रहेकाे थियाे । 

  महानगर शिक्षा अधिकारी  केसी अनुसार कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा. डा .चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल हुनुहुन्छ ।   

 अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा. डा. चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहनुभएको जानकारी दिइएकाे छ । 

 समितिलाई दुई महीना भित्र  पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी केसीका अनुसार आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार   महानगरपालिकाकाले गिररहेको छ । 

 आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने तयारी महानगरपालिका छ ।  

पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गर्ने तयारी भएकाे पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यका भित्कारका  ४० प्रतिशत विषयवस्तु समावेश गरिने छ
 
  महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७५० विद्यालय रहेका महानगरपालिकाले जानकारी दिएकाे छ ।