संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म  पेरिसमा

संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म  पेरिसमा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ५, २०७६

काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म आगामी वर्ष पेरिसमा शुरु हुनेभएकाे छ । यसले हजारौं मानिसलाई खाना उपलब्ध हुनसक्ने बताइएको छ । पेरिसको दक्षिण–पश्चिमी भागमा ४ लाख ५९ हजार ३ सय १७  वर्ग फीटमा निर्माण भैरहेको यो फार्म यस प्रकारको संसारकै सबैभन्दा ठूलो फर्म हुनेछ । 

उक्त फर्म व्यवस्थापनका लागि २० जना माली राखिएको छ । जसले यहाँ ३० प्रकारका विरुवा लगाउनेछन् । यसको निर्माण शहरी फार्मिंग कंपनी एग्रीपोलिसले गरेको हो । पिक सीजनमा दैनिक एक हजार किलो फलफूल तथा तरकारी उत्पादन हुने कम्पनीको दावी रहेको छ । 

कंपनीले लामो समय देखि शहरी फार्मिंगका बारे प्रशिक्षित गराउँदै आएको छ । यसका लागि कम्पनीले कैयौं वर्कशप पनि आयोजना गरिसकेको छ । कंपनीले पेरिसवासीलाई आफ्नो घरको छतमा अनिवार्य रूपले  सानो भएपनि एउटा भाग गार्डेनिंगका लागि राख्न अनुरोध पनि गरेको छ । 

एग्रीपोलिसका विकासकर्ताले बताएका छन कि उनीहरुले यो फार्मलाई भर्टिकल फार्मिंग विधिमा आधारित रहेर तयार गरेको हो । यसले फार्ममा कुनै पनि प्रकारको किटनाशकको जरुरत पर्दैन । साथै यसमा पानी पनि एकदमै कम मात्र लाग्ने गर्छ ।