औषधिको साइड इफेक्ट देखिएपछि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

औषधिको साइड इफेक्ट देखिएपछि प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आउनुभएको औषधिको साइड इफेक्ट देखिएपछि स्वास्थ्योपचारका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ ।

सिंगापुरमै एक साता उपचार गराएर गत २७ साउनमा फर्किनुभएका ओली पुनः उपचारका लागि सिंगापुर जान लाग्नुभएको हो ।

उपचारका क्रममा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने भएकाले चिकित्सकको सल्लाहअनुसार सिंगापुर जान लाग्नुभएको स्रोतले बताएको छ । 

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।