हवाई कारबाहीमा २० तालिवानी मारिए

हवाई कारबाहीमा २० तालिवानी मारिए
फाइल फोटो

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ५, २०७६

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिवानीको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले गरेको सो कारबाहीको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

त्यस क्षेत्रमा तालिवानीको बस्ती रहेको सूचनाका आधारमा हमला भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको तालिवानीहरूको आश्रयस्थलका साथै उनीहरूका अन्य आवश्यक सामग्रीहरू पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिवानीहरूको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रमा पर्ने गर्छ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।