दोषी नछुटून् र निर्दोष नपरून् : मेयर दाहाल (विज्ञप्तिसहित)

दोषी नछुटून् र निर्दोष नपरून् : मेयर दाहाल (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७६

चितवन : भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वाभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपिल गर्नुभएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्नुभएको छ । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्रविरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद् घटना भएको पनि बताउनुभएको छ ।

'कुनै पनि व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुखःद विषय हो । अस्वाभाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटून् र निर्दोष नपरून्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरूपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :