परमाणु हतियारमा देखिएकाे समस्या पत्ता लगाउनेे  फुकुसिमा रोबोट

परमाणु हतियारमा देखिएकाे समस्या पत्ता लगाउनेे  फुकुसिमा रोबोट

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ६, २०७६

काठमाडौं, एजेन्सी । उत्तर कोरियाको परमाणु समस्या हल गर्नका लागि जापानले आफ्नो फुकुशिमा रोबोट दिन चाहेको  बताएकाे छ ।

एक रिपोर्टका अनुसार जापानले ट्रम्प प्रशासनलाई यसबारेको प्रस्ताव पनि  राखिसकेको छ । उत्तर कोरियामा भएको परमाणु हतियार सही ढंगले नराखेका कारण कोरियाई प्रायद्वीपमा उत्पन्न हुन सक्ने  खतरालाई कम गर्न जापान अमेरिकालाइ रोबोटको सहयोग गरेर त्यस क्षेत्रको तनाव समाप्त  याे प्रस्ताव राखेकाे हाे 

 फुकुशिमा न्यूक्लियर पावर प्लांटमा आएको समस्या पश्चात जापानले यो रोबोट बनाउने कोशिश गरेको हो । यो रोबोटको विशेषता भनेको यसले न्यूक्लियर फ्यूल तथा त्यसका कारण पग्लिएको हानिकारक वस्तुलाई पनि सजिलै उठाएर त्यसलाई बन्द गर्न सक्छ । 

जापान टाइम्सले यो रोबोटको निर्माणको पुष्टि गर्दै भनेको छ - उत्तर कोरिया तथा अमेरिकाबीच अहिले भैरहेको परमाणु अप्रसारसँग जोडिएको वार्तामा आबे प्रशासन पनि आफ्नो महत्वपूर्ण भूमिका निभाउन चाहन्छ । 

यो रोबोटको मद्दतले उत्तर कोरियाको न्यूक्लियर उपलब्धताको सजिलै जाँच गर्न सकिने प्रस्ताव अमेरिका समक्ष जापानले राखेको छ । यसले न्यूक्लियर उपलब्धताको सजिलै जाँच हुन्छ भने त्यहाँ जाने वैज्ञानिक माथि हुने खतरा पनि कम हुन्छ । यो रोबोटले  उत्तर कोरियाको टेस्ट साइटमा भण्डारण गर्दाका कारण फैलिएको रेडिएशन पत्ता लगाउन सक्छ । 

अमेरिका तथा दक्षिण कोरियाबीचको सैन्य अभ्यासप्रतिको प्रतिबद्धतालाई लिएर पनि उत्तर कोरिया खुशी छैन् । विभिन्न समयमा गरी सातपटक उत्तर कोरियाले जापानको समुद्र नजिक मिसाइल लन्च गरेको थियो । रिपोर्टका अनुसार यो लन्चिंगको मनिटर किम जोगाउन आफैंले गरेका थिए ।