आमाले संसदमा  सम्बोधन गर्दागर्दै बच्चा रोएपछि...

आमाले संसदमा  सम्बोधन गर्दागर्दै बच्चा रोएपछि...

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ६, २०७६

काठमाडौं, एजेन्सी । सामान्यतया संसदमा देखिने भन्दा बेग्लै दृष्य देखियो २१ अगस्टका दिन न्युजिल्याण्डको संसदमा ।

न्युजिल्याण्डको संसद भवनमा त्यहाँका सभामुखले एकजना बच्चालाई दुध ख्वाइरहको देखियो ।  

२१ अगस्टका दिन सांसद तमेती कोफे आफ्नो नवजात शिशुका साथ संसद भवन पुगिन ।

संसदको काम कारवाहीका दौरान जब उनले सम्बोधन गरिरहेकी थिइन् त्यसबेला उनको बच्चा रुन थाल्यो । 

उक्त घटना पछि सभामुख ट्रेवर मलार्डले बच्चालाई काखमा लिए । र बच्चालाई बोतलबाट दुध ख्वाउन थाले ।

उनले यो तस्वीर आफ्नो आधिकारिक ट्विटर अकाउंटमा ट्वीट गर्दै लेखे, ‘आज एउटा भिआईपी म सँगै सभामुखको कुर्सीमा विराजमान भयो ।’