कृष्णाष्टमीः व्रत, रथयात्रा र शोभा यात्रा गरेर मनाइँदै

कृष्णाष्टमीः व्रत, रथयात्रा र  शोभा यात्रा गरेर मनाइँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ६, २०७६

काठमाडौँ । आज  २०७६ भाद्र छ गते शुक्रबार  कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झनामा देशभर कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ ।

ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी हरेक वर्ष भाद्र कृष्णाष्टमीमा  दिन   पर्व मनाउने प्रचलन रहेकाे छ । 

 धार्मीक ग्रन्थहरुमा उल्लेख भए अनुसार   मामा कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भएको  हाे । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रूपमा श्रीकृष्ण जन्म  लिएकाे उल्लेख गरेकाे पाइन्छ  ।  कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकाे मानिन्छ । 

कृष्णाष्टमीमा  दिन  पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरुमा  भक्तजनहरुकाे भिड  लाग्ने गरेकाे छ । 

आजको दिन महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँने प्रचलन रहेको छ ।  

देशका विभिन्न स्थानहरुमा रथयात्रा तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएकाे पाइन्