मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ६, २०७६

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको हुँदा मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।

हाल देशको मध्य र पूर्वी भागका अधिकांश भाग र पश्चिमका धेरैजसो स्थानमा मौसम बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार पनि केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने र मध्य तथा पूर्वी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो पूर्वी तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आइतबार दिउँसो पश्चिमी, मध्य तथा पूर्वी भूभागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ । पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।