खुशीका रङ्गहरू

खुशीका रङ्गहरू

पर्वत भट्टराई  |  जीवनदर्शन  |  माघ २३, २०७५

आधारभूत रूपमा मानिस खुसीको भोको हुन्छ । यो शाश्वत सत्य हो । खुसी भन्नाले सबै प्रकारका सुख, आनन्द, सन्तुष्टि र सहजताको प्राप्ति नै हो । खुसी मानसिक, शारीरिक, भौतिक र आध्यात्मिक जस्ता प्रकारको पनि हुन सक्छ । मानिस विकास क्रमको प्राचीन समयदेखि वर्तमान युगसम्म खुसी खोज्ने सिलसिलामा भौतारिइ रहेको छ । जङ्गलबाट सुरु भएको यस यात्रामा समाजको विकास र उन्नति सँगसँगै गयो तब मानिस झनै बढी सक्रिय भएर खुसी खोज्न प्रयत्नशील ५ । समाज विकासको क्रममा ढुङ्गे युगदेखि आजको अन्तरिक्ष युगसम्म आइ पुग्दा जे जति भौतिक र वैज्ञानिक विकास भएको छ त्यो सबै मानिसले आफ्नो खुसीका लागि गरेको हो । जुन बेला कुनै प्रकारको भौतिक र वैज्ञानिक विकास भएको थिएँ त्यो बेला केही नगन्य र कल्पनाशील मानिसहरू खुसीका लागि अनेक प्रकारको चिन्तन, मनन, विचार र दृष्टिकोणहरू बनाउन लागि रहेका थिए । यो पृथ्वीको पूर्वीय क्षेत्रमा मानिसको खुसीका लागि भनेर वेद व्यासले चार वेद र अठार पुराणहरू, गौतम बुद्धले बोधिज्ञान र दुख निवारणका उपायहरू र ओशो रजनीसले सम्भोगदेखि समाधिसम्मका चरणहरू जीवन दर्शनका रूपमा ल्याए । त्यसै गरी पश्चिमा क्षेत्रमा सोक्रेटस, डेकार्ट्स, आडम् स्मिथ र कार्ल मार्क्सहरूले पनि मानिसको खुसीका लागि अनेक दर्शनहरू ल्याए । तर मानिस खुसी हैन झन् झन् बेखुसी भइरहेको छ । अझ बेचैन भई रहेको छ।

आज विश्वमा खर्ब पति व्यापारीदेखि एक छाक खान नपाउने गरिबसम्म, महान् वैज्ञानिकदेखि अनपढसम्म, नेतादेखि उसका मतदातासम्म र घर परिवार चलाएको गृहस्थीदेखि सबै कुरा त्यागेको जोगीसम्म कोही पनि खुसी छैन । मानौँ कि सधैँ भौँतारिनु नै मानिसको जीवन हो । प्राचीन र आधुनिक दार्शनिकहरूले खुसीको व्याख्या पनि गरेका छन् । जीवनको मुख्य उद्देश्यको प्राप्ति नै खुसी हो भन्ने भनाइ पनि छ । दार्शनिकहरूले सुखवाद र आनन्दवादको व्याख्या र विवेचना गरेर मानिसलाई खुसी हुन सिकाएका पनि छन् । दुःखको अभाव भएको अवस्था प्राप्त गर्ने र सो अनुसारको कर्म गर्ने सिद्धान्तहरूलाई सुखवादरआनन्दवाद भनिन्छ । सुखवादी सिद्धान्तका अनुसार मानिसको आनन्ददायक इच्छाहरूको प्राप्ति नै सुख हो । इच्छाहरू पूरा नहुनाले दुख र पूरा हुनाले सुख प्राप्त हुन्छ । मानिस आफ्ना इच्छा वा भावनाहरूलाई यसरी भोग गरोस् कि ऊ त्यसबाट सुख र आनन्दको अनुभव गर्न सकोस्, किनकि सुख प्राप्ति नै मानिसको चरम् खुसीको क्षण हो । 

भनिन्छ मानिसको जीवन कर्कलाको पातको पानी जस्तै हो । पातमा रहुन्जेल कति रङ्गिन, कति पारदर्शी, कति लोभ लाग्दो । जब हावाले पात हल्लाई दिन्छ तब क्षणभरमै नष्ट । कसैले भन्छन् यो जीवन प्रकृतिको अमूल्य उपहार हो । रम्नुस्, झुम्नुस्, झकास् बनाउनुस् र मस्त रहनुस् त्यो नै वास्तविक जीवन हो । आखिर खुसीहरू जताततै छन् त्यसलाई भरपुर उपयोग गर्नुस् ।

एक थरीको भनाइ छ कि भूतकाल बितिसक्यो, भविष्य अनिश्चित छ, तसर्थ वर्तमानको विश्वास गर्दै जसरी हुन्छ खुसी बटुल । अर्को  थरिले भन्छ वर्तमान नै अनिश्चित छ, शरीर पनि अस्थिर र नाशवान् छ तसर्थ यसलाई महत्त्व नदिई आफ्नो मन र आत्मालाई भित्रैदेखि खुसी पार्नु नै वास्तविक खुसी हो। तसर्थ शरीरलाई हैन मन र आत्मालाई चरम खुसी पार्ने युक्ति गर ।

दार्शनिक बेन्थमले भनेका थिए ‘‘प्रकृतिले मानिसलाई सुख र दुःखको साम्राज्यमा राखेको छ’’ । गौतम बुद्धले भने कि ‘‘मानिसको जीवन दुःखले भरिएको छ’’ , अर्थात् सर्व दुःखम् दुःखम्ु । केहीले भन्छन् कि खुसी र सुख त केवल क्षणिक हुन्छ त्यसमा विश्वास नगर । गीताले भन्छ जे आज भइरहेको छ त्यो पनि खुसी हो र जे भोलि आउनेछ त्यो पनि खुसी नै हो । भविष्को चिन्ता नगर, सकारात्मक भएर निस्फिक्रिसँग बस । अब भन्नुस् हामीले कसरी खुसी पाउने हो रु मानिस कसरी खुसी हुने हो रु यसो गर्दा पनि हुँदैन उसो गर्दा पनि हुँदैन । मानिसले गर्ने के जसबाट ऊ खुसी हुन सकोस् ।


 

जीवन रङ्गिन छ । खुसीका रङ्गहरू इन्द्रेणी झै सात रङमा देखिई रहन्छन् । कहिले सिमसिम पानी पर्ला अनि सुन्दर पहाडको भित्तामा इन्द्रेणी देखिएला र मस्त खुसी हुन पाइएला भनेर मानिस कुरिरहेको हुन्छ । झुलुक्क देखिन्छ अनि फेरि घाम चर्कन थाले पछि हराइ हाल्छ । बिचरा मानिस त्यसको प्रतीक्षा गर्दा गर्दै हैरान छ । खुसी कहिले मिल्छ रु यो जुनीमा कि अर्कै जुनीमा !

भनिन्छ मानिसको जीवन कर्कलाको पातको पानी जस्तै हो । पातमा रहुन्जेल कति रङ्गिन, कति पारदर्शी, कति लोभ लाग्दो । जब हावाले पात हल्लाई दिन्छ तब क्षणभरमै नष्ट । कसैले भन्छन् यो जीवन प्रकृतिको अमूल्य उपहार हो । रम्नुस्, झुम्नुस्, झकास् बनाउनुस् र मस्त रहनुस् त्यो नै वास्तविक जीवन हो । आखिर खुसीहरू जताततै छन् त्यसलाई भरपुर उपयोग गर्नुस् ।

तर सोचे जस्तो र भने जस्तो कहाँ छ र जीवन १ कोही नदी किनारमा गिट्टी कुटिरहेका छन्, कोही खेतमा पसिना चुहाइ रहेका छन् र कोही अरबको खाडीमा आफ्नी प्यारीलाई खुसी दिलाउन मरेर बाँची रहेका   छन् । तर पनि यहाँ गिट्टी कुट्ने भन्दा, खेतमा पसिना चुहाउने भन्दा,  अरबको खाडीमा मरिमेट्ने भन्दा एउटा व्यापारी बढी खुसी देखिन्छ । 

भन्नेहरूलाई धेरै सजिलो छ कि, किन झोक्राएर बसेको तिमी । तर ऊ आफै कति झोक्राउनु परेको छ भन्ने पीडा उसलाई राम्ररी थाहा हुन्छ । तैपनि सबैले भन्छन् निराश हुनुहुन्न है । आशा त कहिल्यै मार्नु हुन्न नि । एउटा आम भनाई नै छ सबै कुरा खाए पनि हरेस चाहिँ नखानु । कुरा ठिकै हो तर के गर्नु नियतिले, अवस्थाले र कतिपय कर्महरूले दुःख, पीडा, निराशा, कुण्ठा र हतासामा मानिसलाई तोरी पेल्ने कोलमा जस्तै पेलिरहेको हुन्छ । तर जति पेले पनि आउने त तेल नै हो । जसरी कालो बादलमा चाँदीको घेरा हुन्छ त्यसरी नै हरेक दुःख र पिडाहरूको बिचमा कहीँ न कहीँ खुसीको घेरा पनि त होला नि । आशा, भरोसा, विश्वास, धैर्य, राम्रा र सकारात्मक कामहरूले कतै हामीलाई पर्खी रहेको पनि त हुन सक्छ । 

चाणक्यलाई राज्यबाट अनेक अपमान र दुःख दिइयो, दार्शनिक भोल्टेयरलाई बन्दी बनाइयो, कार्ल मार्क्स गरिबीमा थिए, महान् साहित्यकार म्याक्सीम गोर्की एक छाक खानको लागि जुत्ता सिलाउँथे र वैज्ञानिक स्टिफेन हकिन्स शारीरिक रूपमा अशक्त थिए तर ती सबै खुसी थिए । सबै कुराबाट आजित हुँदा पनि उनीहरू खुसी नै थिए । यस्ता उदाहरणहरूको लामो विवरण बन्न सक्छ जो हरक्षण दुःखमा पनि खुसी नै थिए । कैयौँ सत्य र निष्ठाका लडाइँहरू हारेर पनि जित्नेहरूको यहाँ ठुलो लाइन छ र जितेर पनि हार्नेहरूको त झन् ठुलो भीड छ यो दुनियाँमा । सङ्कल्प गर्नुस्स तपाईँलाई दुःखको ग्रहण मात्र लागेको छ । ग्रहणको समाप्ति पछि फेरि उज्यालो हुन्छ र खुशीको किरण तपाईँलाई छुन आफै आउने छ । पर्खनुस्, तपाईकै मायालु भेट्न आए जसरी खुसी पनि आउने छ ।

  लेखक- दर्शनशास्त्रका रुचि राख्नु हुन्छ।

parbat.bhatta@gmail.com