सबैभन्दा ठूलो साइकल पार्क तयार, १२ हजार ५ सय साइकल पार्क गर्न मिल्ने

सबैभन्दा ठूलो साइकल पार्क तयार, १२ हजार ५ सय साइकल पार्क गर्न मिल्ने

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ६, २०७६

काठमाडौं, एजेन्सी । नेदरल्याण्डको उट्रेच शहरमा पछिल्लो दुई वर्ष देखि निर्माण हुँदै आएको संसारको सबैभन्दा ठूलो साइकल पार्क तयार भएको छ । 

१९ अगस्टका दिन यसको औपचारिक शुरुवात भएको छ । जहाँ १२ हजार ५ सय साइकल पार्क गर्न सकिनेछ । 

यहाँ राखिएको स्ट्याण्डमा एउटा माथि अर्को अर्को गरेर साइकल राख्न सकिनेछ । चौबिसै घण्टा खुला रहने यो निशुल्क पार्किंग रेलवे स्टेशन नजिकै रहेको छ । 

दैनिक साइकल यात्रा गर्ने यात्रीलाई ध्यानमा राखेर यो साइकल पार्किंग बनाइएको हो । यहां डिजिटल साइकिल स्पेस इंडिकेशन सिस्टम राखिएको छ । यसले साइकल यात्रीलाई पार्किंगका लागि खाली ठाउँ खोज्नमा सहयोग गर्छ । 

उद्घाटन पछि स्टेट सचिव वेन वेल्डहोवेनले भने, ‘देशमा साइकल यात्रीको संख्या बढीरहेको छ । यस्तोमा यो साइकल पार्किंगले यात्रीलाई राहत दिने काम गर्छ ।’

नेदरल्याण्ड सरकारले सन् २०१७ मा साइकल पार्किंग तथा रूट बनाउनका लागि ७९२ करोड़ रुपैयाँको प्रोजेक्ट घोषणा गरेको थियो । हालको पार्किंग यसैको हिस्सा हो । उट्रेचका काउंसिलर विक्टर एवरहार्डले भने ‘साइकल हाम्रो शरीरको अंग जस्तै हो । सरकार चाहन्छ जनता स्वस्थ रहुन र साइकल चलाउन ।’ 

सर्वाधिक साइकल चलाउने तथा राख्ने संसारका ५ देश  साइकल राख्ने तथा चलाउने सन्र्दभमा संसारमा फिनल्याण्ड छैठौं,  जापान सातौंं, स्विट्जरल्याण्ड आठौेंं, बेल्जियम नवौं तथा छिमेकी देश चीन दशौं स्थानमा रहेका छन् ।