भारतीय यानले पठायो चन्द्रमाको पहिलो तस्वीर

भारतीय यानले पठायो चन्द्रमाको पहिलो तस्वीर

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ६, २०७६

भारतीय स्पेश एजेन्सी इसरोले चन्द्रयान– २ ले पठाएको तस्वीर सार्वजनिक गरेको छ । 

काठमाडौं, एजेन्सी । भारतीय चन्द्रयान– २ अहिले चन्द्रसतहदेखि ११८ ह ४४१२ किमी माथिको चन्द्र अर्बिटमा रहेर परिक्रमा गरिरहेछ ।

चन्द्र अभियान– २ को दोस्रो प्रमुख भाग ‘ल्यान्डर विक्रम’ले कार्य प्रारम्भ गरेको छ । यो अहिले पनि मुख्ययान आर्बिटरसँग संयुक्त रहेर चन्द्र परिक्रमा गरिरहेछ । सेप्टेम्बर ३ मा मात्रै यो आर्बिटरसँग बेग्लै भएर चद्रमामा ओर्लने छ । 

इसरोले जानकारी गराए अनुसार अगस्ट २१ का दिन ‘ल्यान्डर विक्रम’ले आफ्नो क्यामेराबाट चन्द्र धरातलको तस्बिर खिचेको थियो । ‘विक्रम’ले गरेको यो पहिलो काम हो । इसरोले बिहीबारमात्र उक्त तस्बिर आफ्नो ट्विटरबाट सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तस्बिरमा चन्द्रसतहको ‘मेयर ओरिन्टेल बेसिन’ -Mare Oriental Basinर अपोलो क्रेटर्स -Apolo Craters_ स्पष्ट देखिएका छन् । 
तस्बिर लिने बेलामा ‘ल्यान्डर’ र चन्द्रमाबीच २ हजार ६ सय ५० किमीको दूरी मात्रै थियो । 

चन्द्रयानलाई क्रमशः २८ अगस्ट, ३० अगस्ट र १ सेप्टेम्बरमा तल्लो आर्बिटमा झारिँदै चन्द्रधरातल नजिक पुर्याइनेछ । १ सेप्टेम्बरमा चन्द्रयान ३०ह१०० किमीको चन्द्र आर्बिटमा पुग्नेछ । 
१ र २ सेप्टेम्बरमा ३० ह१०० किमीको आर्बिटमा रहेर यस चन्द्रयानले चन्द्रमाको परिक्रमा गरिरहनेछ।

३ सेप्टेम्बरमा ‘ल्यान्डर विक्रम’ आर्बिटरसँग विच्छेद भई  चन्द्र अवतरण गर्ने तरखरमा लाग्नेछ ।

यो पनि

आजको १७औँ दिनमा ‘मुन ल्याण्डिङ’

भारतीय यान चन्द्रमा प्रवेश

हेलो पृथ्वी ! म ठीक छु, मेरो यात्रा सकुशल जारी छ

चन्द्रयान–२ पृथ्वी छाडी चन्द्रमातिर