एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल

एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ६, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो । 

वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौँमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ ।
त्यस्तै, आइसीसी टी-ट्वान्टी वरीयतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरीयतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् । टी–ट्वान्टी वरीयतामा पाकिस्तान पहिलो स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै, भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।