हट्याे श्रीलङ्काको सङ्कटकाल

हट्याे श्रीलङ्काको सङ्कटकाल

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ६, २०७६


कोलम्बो, सिन्ह्वा ।  श्रीलङ्काका राष्ट्रपतिले  लगाइएको सङ्कटकाल अन्त्य भएको  जनाइएको छ । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य गिरको  श्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उदृत गर्दै  समाचारमा  उल्लेख गरेका गरेका छन् । 

गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि  २०७६ भाद्र ६ गते शुक्रबार बताउनुभएको हो । 
   
आतङ्कवादीहरूले गरेको आक्रमणमा परी दर्जनौको मृत्यु भएको घटनापछि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । 

यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन सङ्कटकालको म्याद थप्दै आउनुभएका राष्ट्रपति सिरिसेनाले यस पटक भने नथप्नु भएको सैन्य अधिकारीहरूले  जनाएका छन् । 

अप्रिल २१ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । 

घटनाको अनुसन्धानका लागि प्रहरीले सय जना भन्दा बढीलाई पक्राउ गरेको र अनुसन्धान जारी गरेको जनाएको छ ।