तपाईंको उमेरभन्दा जेठोे बल्ब

तपाईंको उमेरभन्दा जेठोे बल्ब

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ७, २०७६

तपाई दैनिक जीवनमा घर कार्यालय आदि स्थानमा विद्युत एव्म इलेक्ट्रोनिक उपकरणको प्रयोग पक्कै पनि गर्नुहुन्छ । 

तर यस्ता उपकरणहरुको आयु कति हुन्छ ? कहिल्यै हिसाव गर्नु भएको छ ?

हातमा भएको मोबाइल, घडी लगायत तपाईंले प्रयोग गर्ने कम्प्युटर, टिभि, रेफ्रिजेरेटर,माइक्रोवेभ लगायतका उपकरण, कति पहिला किनिएको बारे तपाईलाई स्मरण हुनसक्छ । 

हुन त अधाुनिक्ताको आँधीले एक दशक नपुग्दै यस्ता सबै उपकरण नयाँ प्रविधि र नयाँ मोडलले विस्थापित हुन पुग्छन् । 

यस्ता उत्पादन बनाउने कम्पनीहरुको गज्जबको बिक्री प्रवर्धन गर्ने मनो उद्धेगात्कमक नीतिले उनका नयाँ नयाँ उत्पाद हामीसँग हुनु तपाईं हाम्रो ‘स्टेटस सिम्बल’ बनीसकेको छ । 
बजारमा सैमसुँग–१० को  नयाँ ‘भर्सन’ आउँदा, तपाईंलाई सैमसँग ४ वा ५ बोक्दा कताकता असहज ‘फील’ हुन्छ ।  सैमसुँग–१० नसकेपनि तपाईं ७–८ सम्म उक्लिने दमित इच्छाले ग्रसित बन्न पुग्नु हुन्छ । 


तपाईंको घरमा भएको फ्रिजको आयु कति भयो, टिभि कति वर्षको भयो ? यी त भए ठूला घरायशी उपकरणहरु । भन्नुस त, तपाईंको बैठक कोठामा बल्ने विद्युत बल्ब कति पुरानो हो ? 

निश्चय पनि तपाई यस प्रश्नले दिक्क मान्नुहुन्छ । बल्वको हिसाव किताव  कसले राख्छ ? ‘फ्युज’ नहुन्जेल बालिन्छ र ‘फ्युज’ भएपछि नयाँ लगाइन्छ । तर के तपाईँले कहिल्यै हिसाव गर्नुभएको छ–

तपाईँले प्रयोग गर्ने बल्वको उमेर कति हुन्छ ? अथवा भनौ बल्व निर्माता कम्पनीले बल्बलाई कति घण्टासम्म बल्ने उमेर प्रदान गरेका हुन्छन् ? 

तपाईंले विश्वास गरेपनि, नगरेपनि यो यथार्थ हो, नाम चलेको कम्पनीहरुले बल्बलाई एक हजार घण्टा बल्ने उमेर मात्र दिएका हुन्छन् ।  

तपाईले एउटा नयाँ बल्व किनेर प्रयोग गरे हुन्छ –बल्बलाई ‘स्विच अफ’ नगरी बलेको बल्यै छाडि दिनुहोस । यो अधिकतम एक हजार घण्टा बल्नेछ, भनौ अधिकतम ४१–४२ दिनमै यो फ्युज हुने छ ।

यदि तपाईं घरमा रहेको बल्बलाई दैनिक चार घण्टा बाल्नु हुन्छ भने यो अधिकतम २ सय ५० दिनसम्म मात्रै उज्यालो दिन्छ । भनौं बल्बको उमेर कम्पनीहरुले एक वर्षको पनि राखेका हुन्नन् ।

 यस जानकारी पछि यदि म तपाईंहरुलाई भनौ, एउटा वल्व तपाइँको उमेर भन्दा पनि बढी समयदेखि लगातार बल्दै आइरहेको छ । 

तपाईंलाई विश्वास गर्न गाह्रो भएपनि यो बल्ब साच्चिकै सन् १९०१ देखि अहिलेसम्म लगातार बल्दै आइरहेको छ । 

क्यालिफोर्निया राज्यको एउटा दमकल केन्द्रमा सन् १९०१ मा यो बल्ब जडान गरिएको थियो । ४ वाटको बल्व २४ घण्टा नै बाल्ने गरिन्छ । यो अहिलेसम्म पनि ‘फ्युज’ भएको छैन ।  

दमकल केन्द्रले जारी गरेको सूचनाअनुसार सन् १९३७ मा बिजुलीको ‘वायरिंग’ फेर्ने क्रममा यस बल्बलाई केही समयका लागि झिकिएको थियो । नयाँ ‘वायरिंग’ पछि यसलाइृ पुनः बालियो । 

यसैगरि सन् २०१३ मा यो बल्ब निभ्यो । दमकलका कर्मचारीले ठाने, ‘बल्ब फ्युज भयो’ । तर बल्ब फ्युज भएको होइन रहेछ । वरन् बल्बसम्म आउने १९३७ मा गरिएको ‘वायरिंग’ नै मक्किएर बाधित भएको रहेछ । ७६ वर्षपछि पुनः ‘वायरिंग’ फेरियो र बल्बले प्रकाश दिने काम पुनः गर्न थाल्यो ।  

यो बल्ब ‘सेंटेंनियल लाइट’ का नामले प्रख्यात छ ।  गिनीज वुक अफ वल्र्ड रेकर्डमा यस वल्बको नाम समेटिएको छ ।