भारतीय जनता पार्टीका वरिष्ठ नेता जेटलीको निधन

भारतीय जनता पार्टीका वरिष्ठ नेता जेटलीको निधन

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ७, २०७६

काठमाडौँ ।  भारतीय जनता पार्टीका नेता  पूर्व वित्‍तमन्त्री तथा वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उहाँको दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा उपचारका क्रममा  २०७६ भाद्र ७ गते शनिबार मध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले जनाएको छ ।