क्रिप्टोकरेन्सीका सञ्चालकको अवसानपछि  अभौतिक मुद्रा संसारमा हलचल

क्रिप्टोकरेन्सीका सञ्चालकको अवसानपछि  अभौतिक मुद्रा संसारमा हलचल

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २३, २०७५

क्रिप्टोकरेन्सीका सञ्चालक गेराल्ड कोटेनको गत डिसेम्बरमा मृत्यु भएपछि  अभौतिक मुद्रा संसारमा हलचल देखा परेको छ । 

क्रिप्टोकरेन्सी डिजिटल, भर्चुअल वा अभौतिक मुद्रा हो । यो क्यानडाको सबैभन्दा ठुलो भर्चुअल मुद्रा समेत रहेको छ । कोटेनको मृत्युपछि अरबौँ रुपैयाँ बराबरको डिजिटल मुद्रा हराउने खतरा बढेको हो । 

क्वाडरिगा नामक सो भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नरहेको मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा समेत दायर भएको छ । लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा हराइरहेको जनाइएको छ ।

कोटेनको मृत्युपछि ती क्रिप्टोकरेन्सी कहाँ कुन अवस्थामा छ भन्ने खोजी भए पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।

क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन कोटेन एक्लैले हेर्ने गरेका थिए । 

कहाँ छ त मुद्रा ?

कोटेनकी विधवा जेनिफर रोबर्टसनले, जनवरी ३१ मा क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतमा पेस गरिएको कागजातमा आफ्नो पतिले क्वाडरिगा सम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफूलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन् ।

‘पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले लेखेको केही कुरा पत्ता लगाउन सकेकी छैन’, उनले बयानमा भनेकी छन् ।

कम्पनीले अनुसन्धानकर्मीलाई सूचना खोजविना गर्न लगाएपनि कोटेनको फोन र कम्प्युटरको सहारामा केही मुद्रा मात्र खोज्न सकिएको जनाइएको छ ।
क्वाडरिगामा एक लाख पन्ध्र हजार व्यक्तिको खाता छ ।

कम्पनीले २१ अर्ब ८३ करोड नेपाली रुपैयाँ बराबर कर्जा तिर्नु छ जसमध्ये ६ अर्ब १३ करोड नगद कर्जा नै रहेको छ ।

क्वाडरिगाले अदालतमा पेस गरेको कागजातका अनुसार चोरीबाट बच्न उसले धेरै जसो मुद्रा इन्टरनेटमा राख्ने गरेको थिएँ ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो ।

यसको कुनै केन्द्रीय बैङ्क हुँदैन र संसारभरका कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यसको सञ्चालन गर्ने गरिन्छ । यसबाट सरसामान किन्न वा भुक्तानी गर्न समेत सकिन्छ ।
संसारभर क्रिप्टोकरेन्सीको प्रचलन र मूल्य बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने प्रचलन वृद्धि भएको छ ।