नेकपा सरकारः समयमा उपचार नगरे गन्तव्य पश्चिम बंगालकै !

नेकपा सरकारः समयमा उपचार नगरे गन्तव्य पश्चिम बंगालकै !

भरत भूसाल  |  दृष्टिकोण  |  भदौ ७, २०७६

आठ लाख पार्टी सदस्य, दुई तिहाईको सरकार ।  छवटा प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकार र पनि संकट र विरोधको अजंगको भारी । किन हुन्छ यस्तो ? समस्या कहाँ छ ? कारण के हो ? निर्वाचमा मत बटुलेजस्तो मन बटुल्न किन सकिएन ? नेकपाको नेतृत्वको तहका छलफलहरूमा यी र यस्ता विषयले स्थान र प्रवेश पाउँछन् कि पाउँदैनन् थाहा भएन । तर  २०७६ भदौ ५ गते बिहीवार शीर्ष नेताहरूले बैठकमा जेजे गरे, त्योचाहिंँ थाहा मात्र भएन, सडकमा नै छताछुल्ल हुनपुग्यो ।

आमकार्यकर्ता प्रधानमन्त्री निवासमा भएको त्यो घटनाका बारेमा बोल्न चाहँदैनन् । विषयवस्तुबाट भागेर वा थाहा नपाएजस्तो गरेर बेवास्ता गर्नु नियति बन्ने गरेको छ । कसैले पनि शीर्ष नेतृत्वको ‘निम्छरो हर्कत’का बारेमा प्रश्न गर्न डराउँछन् वा चाहँदैनन् । 

पार्टी सञ्चालन, नेताहरूका बोली, व्यवहार र सरकारको सेव प्रवाह प्रणालीमा देखिएको अकर्मण्यता नै यो परिस्थितिको प्रमुख कारण हो । दुई तिहाई नाउँको अजंगको यन्त्रलाई विना योजना अलपत्र पारेर करिब डेढ वर्ष चौरस्तामा छाड्दाको परिणाम वा प्रतिक्रिया विस्तारै देखिँदै छ । यसले नेकपालाई क्रमश: पश्चिम बंगालको नियतितर्फ लैजानै खतरा बढिरहेको छ । तर नेतृत्व यसप्रति बेखबरझैँ देखिन्छ ।

अगुवा पछुवा सुरक्षाकर्मीको ताँती र निश्चित ‘छौँडा’हरूको घेराले नेतृत्वलाई धृतराष्ट्र बनाएको छ । 'हस्तीनापुरको विघटनमा कौरवहरूको भूमिका प्रमुख छ है भनिदिने 'विदुर'हरूको अभाव नेपाली राजनीतिमा सदा खड्किने विषय हो । राजाका पालामा होस्, गिरिजा वा शेरबहादुर वा वाम शासकहरू, सबैले हामीले शासन गर्नु नै रामराज्य हो भन्ने भ्रम राखे र राखिरहेका छन् । के गर्दा रामराज्य हुन्छ भन्नेबारेमा होइन कि मैले वा हामीले जे गरेका छौँँ, त्यो नै रामराज्य हो भन्ने भ्रमले समस्याका भीमकाय पहाड अगाडि  सारिरहेको देखिन्छ । तर अरूले समस्या खडा गरे भनेर हामी विषयलाई बेवास्ता गरिरेहेका छौँँ । 

मुलुकको नेतृत्व गरिरहेकाहरूले ‘अलच्छिना’, ‘छौंडा’ जस्ता कुरा गर्नु शोभनीय कुरा होइन ।  आखिर सिक्ने त चरित्र र व्यवहार पनि हो । तल कस्तो चरित्र, व्यवहार र संस्कृतिको अपेक्षा गरेको छ नेकपाले ? चुत्था र निम्छरा शब्द बोल्ने नेताहरूको रहरले उनीहरूको अन्तरआत्माको पहिचान दिन्छ, होइन र ? 

संगठन करिब साढे दुई वर्षदेखि चौपट छ । स्थानीय तहको निर्वाचनदेखि जिल्लास्तर र सोभन्दा तलका सबै इकाईहरु निर्वाचनमा होमिए । जिल्लास्तर र सोभन्दा तलका धेरै व्यक्ति नगरपालिका र गाउँपालिकामा निर्वाचित पनि भए । निर्वाचित भएकाहरूलाई पार्टीभन्दा पालिकाको काम महत्वपूर्ण हुने नै भयो । पार्टी कामका लागि फुर्सद पनि कम हुनु स्वाभाविक हो । कतिपय ठाउँमा कार्यकर्ताका भन्दा पनि नेताका मान्छेले प्राथमिकता पाउँदा निस्कृयता र निराशा प्रकट हुँदै गएको छ ।

त्यसपछि संघीय र प्रदेश संसदको निर्वाचन भयो । एमाले र माओवादीबीच एकीकरण भयो । एकीकरणलगत्तै जे जस्तोसुकै भए पनि एउटा मापदण्ड बनाएर देशभरि समग्र संगठनहरूको एकीकरण गरेको भए गति आउने अपेक्षा कार्यकर्ताहरूको थियो । तर पार्टीका निकायहरूमा पार्टीका होइन कि ‘आफ्ना’ ल्याउने अभ्यासले तलका कमिटी र नेता कार्यकर्तामा जिम्मेवारीविहीनको त्रास हुनु स्वाभाविक थियो । 

यसैबीच कञ्चनपुरमा निर्मला बलात्कार र हत्या प्रकरण अगाडि आयो । त्यसमा प्रशासन र सरकारले जनतालाई विश्वासयोग्य ढंगले आश्वस्त पार्न सकेनन । पार्टी १० जनाको केन्द्रीय सचिवालय मात्र थियो । तलको जिम्मा लिने कोही भएन । अनुसन्धान बरालिएको मौकामा विपक्षीहरूले खेल्ने मौका पाए । 

स्थानीय निकायमा जनप्रतिनिधिहरूले कर बढाउने र आफ्ना सुविधा बढाउने निर्णय गर्दै गए । कर र सुविधाले जनतामा एकखालको विरोधको मानसिकता बढाउँदै गयो । निर्मला काण्ड आयो, यसमा प्रशासन, गृहमन्त्री र स्वयं प्रधानमन्त्रीको भनाइ प्रत्युत्पादक भयो । वाइडबडी काण्ड आयो । यसमा पनि सरकार प्रतिरक्षात्मक मात्रै भयो । संसदमा एउटा आयोग बनाउने धम्की पाएपछि शेरबहादुर देउवा र कांग्रेस त पछि हट्यो तर जनमतमा वाइडबडी काण्डमा नेकपाको मात्र संलग्नता भन्ने झूठ स्थापित भयो ।

खरिद प्रक्रियामा कांग्रेस रहेको हुँदा गडवड राष्ट्रिय मेलमिलापमा भएको छ । तर दोष पाउने नेकपा र दिवंगत मन्त्री रवीन्द्र अधिकारी मात्र भए । ३३ किलो सुनकाण्डमा सरकारले हल्ला बढी गर्‍यो, काम कम भयो । तस्करका नाइके र उनीहरूका संरक्षक खोज्नुभन्दा उल्टै प्रहरीहरूलाई नै थुनेर घटना थन्क्याइएजस्तो अनूभूति भयो । अर्थात् यी सबै घटनामा सरकारले प्रभावकारी सञ्चार गर्न सकेन । वाम सञ्चारकर्मीहरूको महत्त्वपूर्ण पाटो आफ्नै नेताहरूको आरती उतार्न र फरक गुटको भए दोहलो काढ्न भूमिका खेल्नमा सीमित रह्यो । 

ललिता निवास प्रकरणमा सरकारले राम्रो गर्दै थियो । बीचमा महासचिव विष्णु पौडेलको 'इन्ट्री' र उनको पक्षमा आएका सञ्चार र भूमिसुधारमन्त्रीहरूका सुरुका भनाइले जनमानसमा सबै भ्रष्टाचारी भन्ने छाप छोड्न सफल भयो । गुठी विधेयकले त सरकारलाई घुँडा नै टेकायो । यी सबै काम पार्टी, कार्यकर्ता, समर्थक र आमनागरिकलाई गोलबन्द गर्दै सबैले स्वामित्वबोध गर्ने अवसर नबनाई एक्लै दौडेर प्रथम हुन्छु भन्ने सोच र त्यस्तो सोचलाई महान् क्षमताका नाममा स्तुति गाउने सीमित भजनमण्डलीका कारण भएको हो भन्ने चेत नेतृत्वमा कहिले पलाउला ? 

अहिलेको अवस्था हेरौँ त, रवि लामिछानेको आन्दोलनमा युवाहरूकै जमात छ, अरू पनि सरकारविरोधी आन्दोलनमा युवाकै जमातको सहभागिता रहेको छ । तर नेकपाका कार्यक्रममा कुन उमेरका व्यक्ति सहभागी हुँदै छन् भन्ने कुरा हेक्का कसैले राखेको छ ? युवाहरूलाई आकर्षित गर्ने, प्रशिक्षित गर्ने, सार्वजनिक कार्यमा उनीहरूलाई परिचालित गर्ने कार्य करिव शून्यप्राय: हुँदै गएको छ ।

हामी कलेज पढ्दा वामइतरहरूले २५ वर्षसम्म कम्युनिस्ट हुन्छन्, परिपक्व भएपछि कांग्रेस वा अन्य पार्टीमा लाग्छन् भनेर भन्ने गरेको सुनिएकै कुरा हो । युवा विद्यार्थीहरूको ठूलो जमात कम्युनिस्ट विचारधारामा गोलबन्द हुन्थे । तर अहिलेको अवस्था हेरौँ त, रवि लामिछानेको आन्दोलनमा युवाहरूकै जमात छ, अरू पनि सरकारविरोधी आन्दोलनमा युवाकै जमातको सहभागिता रहेको छ । तर नेकपाका कार्यक्रममा कुन उमेरका व्यक्ति सहभागी हुँदै छन् भन्ने कुरा हेक्का कसैले राखेको छ ? युवाहरूलाई आकर्षित गर्ने, प्रशिक्षित गर्ने, सार्वजनिक कार्यमा उनीहरूलाई परिचालित गर्ने कार्य करिव शून्यप्राय: हुँदै गएको छ ।

अहिले नेकपामा युवा विद्यार्थीहरू कोही फलाना बासँगको पहुँचका कारण, कोही फलाना दाइ वा यस्तैयस्तै सम्बन्धका कारणले गोलबन्द हुनेबाहेक आकर्षणको विषय हुनसकेको छैन । कुनै बा, दाइ, अंकलको फेरो नसमातेर सिद्धान्त, पार्टीको भावी योजनाका कारण संलग्न नवयुवाहरू कति गोलबन्द भएका छन् ? खोज्नुपर्ने विषय बन्दैे छ । बरु युवाहरू त चरी, मनोज पुन र उनीहरूका सहयोगीबाट परिचालित पंक्तिमा रूपान्तरित हुँदै गएका छन् ।  अहिले युवाहरूलाई राजनीतिक चेतका साथ होइन कि समानान्तर डन बन्नेे भावनाले प्रेरित गरिरहेको भान हुन्छ । 

नेताहरूले के बोल्ने, बोल्दा फाइदा हुन्छ कि नबोल्दा फाइदा हुन्छ भन्ने कुरामा कुनै हेक्का  राखिरहेको पाइँदैन । कुनै बेला जुनजुन कारणका लागि अर्को सरकारलाई ‘अलच्छिना सरकार’ भनेका थियौं, ती कारण त्यसबेला भन्दा अहिले बढी भइरहेको अनुभूति भइरहेको छ । मुलुकको नेतृत्व गरिरहेकाहरूले ‘अलच्छिना’, ‘छौंडा’ जस्ता कुरा गर्नु शोभनीय कुरा होइन ।  आखिर सिक्ने त चरित्र र व्यवहार पनि हो । तल कस्तो चरित्र, व्यवहार र संस्कृतिको अपेक्षा गरेको छ नेकपाले ? चुत्था र निम्छरा शब्द बोल्ने नेताहरूको रहरले उनीहरूको अन्तरआत्माको पहिचान दिन्छ, होइन र ? 

दलभित्रको आन्तरिक स्वास्थ्य अत्यन्त नाजुक भएको छरपष्ट रूपमा देखिन्छ । यसको उपचार सिंगापुर, दिल्ली वा चीन, कतैबाट पनि संभव छैन । दलकै स्वास्थ्य नाजुक भएपछि सामान्य रुघाखोकीले थला पार्छ । अहिले बाहिरबाट भएको आक्रमण सामान्य रुघाखोकीको हो । तर समस्या भित्रै छ, आन्तरिक विकारहरूले बाह्य बिकारलाई निम्ता गरेको मात्र हो । विकार माथि नै छ । शीर्ष तहमै छ । उपचार नगरे गन्तव्य पश्चिम बंगालकै हो । यो अवश्यंभावी छ । त्यहाँ करिब २५ वर्ष कम्युनिस्टले निर्वाचनबाट सरकार बनाएका थिए भन्ने अब इतिहासको विषय बनेको छ ।