चन्द्रयान–२ ले पठायो नयाँ तस्वीर

चन्द्रयान–२ ले पठायो नयाँ तस्वीर

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ८, २०७६

चन्द्रधरातलबाट अधिकतम ४४१२ किमि माथि उडीरहेको भारतीय चन्द्रयान–२ ले पृथ्वी र चन्द्रमाका नयाँ तस्वीर पठाएको छ ।

काठमाडौ, इसरो ट्विटर । भारतीय  स्पेस एजेन्सी इसरोले चन्द्रयान –२ ले खिचेर पठाएका नयाँ तस्वीर सार्वजनिक गरेको छ

इसरोका अनुसार चन्द्रयान¬ विस्तारै चन्द्रमाको दक्षिणी धु्रर्वतर्फ यात्रामा अगाडि बढीरहेको छ ।

अहिले चन्द्रयान–२ चन्द्रमाको १८ ह ४४१२ किमि माथिल्लो आर्विटमा रहेर परिक्रमा गरिरहेको छ । २८ अगष्टमा पुनः आर्बिट परिवर्तन गरि यसलाई झन तल्लो आर्बिटमा पुर्‍याइने छ ।

चन्द्रयान–२  ले आउँदो ७ सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्नेछ ।

चन्द्रयान–२ को ल्याण्डर विक्रमले चन्द्रमाको तस्वीर पठाएको छ । तस्वीर चन्द्र सतहदेखि २६५० किमि माथिबाट खिचिएको हो ।