भरतीय प्रधानमन्त्रीलाई मुस्लिम देशको सम्मान

भरतीय प्रधानमन्त्रीलाई मुस्लिम देशको सम्मान

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६

प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई मुस्लिम देशले आफ्नो सर्वोच्च सम्मान प्रदान गरेका छन् । यस सम्मानले मुस्लिम देशमा नरेन्द्र मोदीको बढ्दो प्रभावकारिता स्पष्ट हुन्छ । 

काठमाडौँ, एजेन्सी । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीलाई  युनाइटेड अरब इमिरेटस र बहराइनले आफ्नो  देशको सर्वोच्च सम्मान दिएर सम्मानित गरेका छन् । भारतीय प्रम मोदी २४ अगष्ट शनिबार युनाइटेड इमिरेटस पुग्दा त्यहाँको सर्वोच्च सम्मान ‘अर्डर अफ जायद’ बाट सम्मानित भएका थिए । 

युनाइटेड अरब इमिरेटसको यात्रा पछि मोदी अर्को मुस्लिम राष्ट्र बहराइन पुग्दा त्यहाँ उनलाई बहराइनको सर्वोच्च सम्मान ‘द किंग हमाद अर्डर अफ द रेनसा’ बाट सम्मानित गरियो ।  मोदी यसअघि फिलिस्तीनको ‘ग्रयान्ड कोलर अफ द स्टेट अफ द फिलिस्तीन’, अफगास्तिानको ‘अमीर अमानुल्लाह खान अवार्ड ’,  मालदीवको ‘द मोष्ट  अनबरेल अर्डर अफ द डिस्टिंगुइस्ड रुल अफ निशान इज्जुदीन सम्मान’ बाट सम्मानित भइसकेका छन् । 

बहराइनमा सम्मान ग्रहण गरेपछि मोदीले फ्रंसका लागि प्रस्थान गरेका छन् । फ्रांसमा मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुने कार्यक्रम रहेको छ ।