थाइल्याण्डवासीले अब आफ्नै घरमा पनि चुरोट खान नपाउने !

थाइल्याण्डवासीले अब आफ्नै घरमा पनि चुरोट खान नपाउने !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६

काठमाडौं, एजेन्सी । थाइल्याण्डमा नयाँ कानून कानून लागु गरिएको छ । यस अन्तर्गत अब त्यहाँका नागरिकले आफ्नो घरमा पनि चुरोट खान नपाउने भएको छन् । यदि घरमा चुरोट खाएका खण्डमा व्यक्तिलाई जेल सजायसम्म हुनेछ । साथै यसमा घरेलु हिंसाको केस पनि चलाइनेछ ।

डब्ल्यूएचओका अनुसार, हरेक वर्ष धुम्रपानका कारण ६ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमा ६० प्रतिशत बच्चाहरु छन् जो चुरोटको धुवाँको कारण मृत्युको मुखमा पुग्ने गरेका छन् । 

घरमा रहेका बच्चा तथा अन्य सदस्यको स्वास्थ्यलाई विचार गर्दै थाईल्याण्ड सरकारले यो फैसला लिएको हो । फैमिली प्रोटेक्शन एंड डेवलपमेंट प्रमोशन एक्ट अन्तर्गत यस कानूनलाई २१ अगस्टदेखि लागु गरिएको हो । 

बैंककमा भएको टोबेको एंड लंग हेल्थ कन्फ्रेंसमा वुमंस अफेयर्स एंड फैमिली डेवलपमेंटका प्रमुख लेर्टपान्या बुरानाबंडितले बताए परिवारको कोही सदस्यलाई सेकेंड वा थर्ड हैंड स्मोकका कारण स्वास्थ्यमा खराबी आएका खण्डमा धुम्रपान गर्ने व्यक्तिमाथि मुद्दा चलाइनेछ । धूम्रपानको यो केस क्रिमिनल कोर्ट तथा सेंट्रल जुवेनाइल एंड फेमिली कोर्टले हेर्नेछ । 

विशेषज्ञको मान्यता छ कि धुम्रपानको लत भावनात्मक तथा भौतिक हिंसाका कारण हुने गर्छ । एक सर्वेमा के देखिएको छ भने ४९ लाख घरमा कोही न कोही मानिस चुरोट खान्छ । १०.३ लाख

मानिसले परिवारको कोही सदस्यले धुम्रपान गरेका कारण धूम्रपानको लत लाग्ने गरेको छ । रिपोर्टका अनुसार थाईल्याण्डका भिन्न भिन्न केन्द्रमा धुम्रपानको केस हेरिनेछ । यो केसलाई पहिले पुलिसले जांच गर्नेछ, त्यसपछि यसमाथि कारवाही हुनेछ ।