शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको र्‍याली

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको र्‍याली

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६

अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । 
विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन । शरणार्थीहरूलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरूले सम्झौताअनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् । 
पछिल्लो पटक गत बिहीबार तीन हजार ५०० शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरूले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।