जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदै छ र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।' 

प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताउनुभयो । दुवै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ ? भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौँ ।'
जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तीब्रता दिनुका साथै संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर हुनुभएको छ ।