१९ वर्षपछि फोन चलेपछि

१९ वर्षपछि फोन चलेपछि

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०७६

काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामा आएको छ ।

खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो ।

उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र अचम्मको कुरा त त्यसमा यत्तिका वर्ष पछि पनि ७० प्रतिशत चार्ज थियो । 

केविनले भने, घरको साँचो खोज्ने क्रममा दराज खोलेका बेला मैले एउटा मोबाइल फोन भेटे । जुन फोन १९ वर्ष पहिले मैले किनेको थिएँ ।

यो फोनका बारेमा मैले बिर्सिसकेको थिएँ । मलाई थाहा छैन मैले पछिल्लो पटक यसलाई कहिले चाजै गरेको थिएँ । 

उता यो फोनको विषयमा वैज्ञानिकको मान्यता के छ भने नोकियाले मोबाइल फोनको साटो वैकल्पिक उर्जा बनाएका थिए ।

नोकियाको यो मोडल सन् २००० मा लन्च गरिएको थियो । यो सेट कंपनीको सबैभन्दा सफल हैंडसेट थियो ।

यो सेट बलियोपनाका लागि संसारभर चर्चित थियो । यसको मजबुती तथा सफलताका कारण नै कंपनीले पछिल्लो वर्ष यसको नयाँ मोडेल लन्च गरेको थियो ।