१५ वर्षे किशोरकाे उपचार नपाउनेहरुकाे लागि दिए १५ हजार डलर अनुदान

१५ वर्षे किशोरकाे उपचार नपाउनेहरुकाे लागि दिए १५ हजार डलर अनुदान

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ९, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो शहरका १५ वर्षका एक छात्रले १५ हजार डलर अर्थात नेपाली रुपयाँ  १७ लाख १५ हजार रुपैयाँ दान गरेर अहिले चर्चा कमाएका छन् ।

पश्चिमी रिजर्भ स्कुलका ७ कक्षामा अध्ययनरत छात्र डिजेल पिपर्टले काउंटी मेलामा पशुधन बेचेर कमाएको १७ लाख १५ हजार रुपैयाँ सेंट ज्युड चिल्ड्रेन रिसर्च हस्पिटललाई दान दिएका थिए ।  

स्कलले डिजेलको यो कार्यको सराहना गर्दै यो सम्बन्धी जानकारी शोसल मिडियामा शेयर गरेको थियो ।

डिजेलले भने, म आफू सक्षम भएका कारण यो रकमले जो बच्चाले उपचार पाएका छैनन् तिनको उपचार होस भनेर दान गरेको हुँ ।  यसका लागि स्कुलले लेखेको छ, ‘डिजेल तिमी हीरो हौ ।’

यो पोस्टलाई १ हजार भन्दा बढी शोसल मिडिया प्रयोगकर्ताले शेयर गरेका छन् । डिजेलको दानबाट प्रभावित भएर अन्य कैयौं मानिसले पनि हस्पिटललाई दान गरेका छन् । 

स्कुलको एउटा पोस्टमा एकजना प्रयोगकर्ताले लेखेका छन, तिमीले आफ्नो समुदाय तथा आसपासको दुनियालाई सँधैका लागि बदलिदिएका छौ । तिमीले नर्बिसने मार्ग चुनेका छौ । डिजेल, मलाई आशा छ तिम्रो कदम संसारमा चामत्कारिक साबित हुनेछ । तिमीले गरेको दानका लागि धेरै धेरै धन्यवाद ।