मद्यपानका कारण महिलाभन्दा पुरुषको आयु तेह्र वर्ष कम

मद्यपानका कारण महिलाभन्दा पुरुषको आयु तेह्र वर्ष कम

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २३, २०७५

नेपाल लगायत विश्वभर पुरुषभन्दा महिलाहरूको औसत आयु बढी रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिएका मानिसहरूको औसत आयु ७२ वर्षको रहेको बीबीसी समाचारमा उल्लेख छ   ।

लिङ्गका आधारमा उक्त तथ्याङ्कमा औसत आयु केलाउँदा महिलाको आयु ७४ वर्ष २ महिना र पुरुषको आयु ६९ वर्ष ८ महिना रहेको पाइयो ।

पुरुषभन्दा महिलाको औसत आयु धेरै भएका कारण पनि महिलाहरू एक सय वर्षभन्दा बढी जिउने सम्भावना हुन्छ ।

सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकामा एक सय वर्षभन्दा माथिको जनसङ्ख्या ५३ हजार ३६४ रहेकामा ९ हजार १६२ जना पुरुष र ४४ हजार २०२ जना महिला थिए । 

यी सबै तथ्यहरू केलाउँदा पुरुषभन्दा महिला बढी बाँच्ने प्रमुख तीन कारण यस्ता छन् । 

१. जिन

महिलाहरूमा दुई सेट एक्स क्रोमोजोम हुन्छ जसका कारण प्रत्येक वर्ष महिलाहरूको औसत उमेर पुरुषहरूको भन्दा बढ्दै गएको पाइएको छ । महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।

भ्रुणहरू

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डेभिड जेम्स भन्छन्, ‘पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन्’ ।  लिङ्ग निर्धारण गर्ने क्रोमोजोम पनि यसको एउटा कारण हुनसक्छ । महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा बक्स र वाई क्रोमोजोम हुन्छन् । बक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै क्रोमोजोम हुन्छन् ।

तर चरामा भने यसको विपरीत हुन्छ । भाले चरामा दुई बक्स क्रोमोजोम हुन्छ जसका कारण भाले चरा पोथी चराभन्दा बढी बाँच्छ । 

२. हर्मोन

किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ । धोत्रे आवाज र छातीमा रौँजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ । यही समय पुरुषहरूको मृत्युदर पनि बढ्ने गर्छ ।

धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्ड कोष नभएमा लामो हुने देखाएका छन् ।

केही वर्ष अगाडि कोरियाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौँ शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए ।

जसमा किशोरावस्थामा पुग्नु अगाडि अण्ड कोष निकालिएका ८१ जना नपुंसकहरू थिए । उनीहरूको औसत उमेर ७० वर्ष पाइएको थियो भने त्यही समयका अरू पुरुषहरूको औसत उमेर ५० रहेको थियो ।
महिलाहरूको हार्मोनियम एस्ट्रोजिनमा भने शरीरमा हुने हानिकारक तत्त्वहरूलाई हटाउने गुण हुन्छ ।

महिलाहरूको हर्मोन एस्ट्रोजिनले हानिकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्नमा पनि मद्दत गर्छ ।

३. पेसा र आचरण 
द्वन्द्वग्रस्त क्षेत्रहरूमा युद्धका कारण धेरै वयस्क पुरुषहरूको मृत्यु हुने गर्छ जसका कारण पनि औसत आयु घट्छ । तर स्वास्थ्य सेवा नपुगेका स्थानहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जाने गरेको छ । 

धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक फरक छ । 

रुसमा पुरुषहरूले अत्यधिक मद्यपान गर्ने भएका कारण महिलाहरू भन्दा १३  वर्ष कम बाँच्ने गरेका छन् ।

हालैका केही अध्ययनहरूले भने महिला पुरुषबिचको यो आयुको भिन्नता छिट्टै पुरिने देखाएको छ ।

बेलायतमा महिला र पुरुषको आयु दुई दशकमा बराबर हुन आउने बताइएको छ ।

इम्पेरियल कलेज लन्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा बेलायतमा महिला र पुरुषबिचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ ।

अहिले उपलब्ध तथ्याङ्कमा बेलायतमा जन्मेको पुरुष ७९ वर्ष २ महिना र महिला ८२ वर्ष ९ महिना बाँच्ने देखिन्छ । 

प्राध्यापक लस मेहेउले गरेको एक अध्ययनमा सन २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।