चिदम्बरमलाई सर्वोच्च अदालतबाट निराशा

जमानत याचिका खारेज

चिदम्बरमलाई सर्वोच्च अदालतबाट निराशा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ९, २०७६

भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका दाखिला गरेका थिए ।

नयाँ दिल्ली, एजेन्सी । भ्रष्टाचार प्रकरणमा मुछिनु भएका भारतका पुर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट निराशा हात लागेको छ ।

गत साता हाइकोर्टले चिदम्बरमको अग्रिम जमानत खारिज गरेपछि देशका जाँच एजेन्सी सीबीआई र ईडी उनलाई गिरफ्तार गर्न तत्पर बने । चिदम्बरमले सुप्रीमकोर्टमा अग्रिम जमानतको याचिका दिए, तर सुप्रीम कोर्टले उनको याचिकामाथि २६ अगस्टमा सुनवाइ गर्ने पालो दियो ।

भारतका जाँच एजेन्सीले २७ घण्टा पछि २१ अगस्टमा उनलाई गिरफ्तार गरे । आज  २६ अगष्टमा सुप्रीम कोर्टले उनको अग्रिम जमानतको याचिका खारिज गरेको छ । सुप्रीम कोर्टका अनुसार २१ अगस्टमा उनको गिरफ्तारी भएपछि उनले सुप्रीम कोर्टमा दाखिल गरेको याचिका स्वतः निष्फल भयो । कोर्टले उनलाई सम्बन्धित उचित र नियमित अदालतमा जमानत सम्बन्धी याचिका पेश गर्ने सुझाव दियो । 

सुप्रीम कोर्टबाट अग्रिम जमानतको याचिका खारिज भएपछि चिदम्बरमको हिरासतको अवधि लम्बिने संकेत देखा परेका छन् ।