‘अग्निदहन’ मलेसिया, सिङ्गापुर र थाइलैण्डमा  प्रदर्शन हुँदै

‘अग्निदहन’ मलेसिया, सिङ्गापुर र थाइलैण्डमा  प्रदर्शन हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १०, २०७६

काठमाडाैँ । बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र ‘अग्निदहन’ विदेशमा प्रदर्शनको तयारी भइरहेकाे छ

। ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा ‘अग्निदहन’ प्रदर्शन हुँदैछ ।

तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो चलचित्र प्रदर्शनको गर्न लागिएकाे प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानाकारी दिनुभएकाे  छ ।

 प्रदर्शनी समारोहमा प्रतिष्ठानका अध्यक्ष उपाध्यायसहित वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नवीनकिरण भुषाल सहभागीता रहने जनाइएकाे  छ । 

 मलेसियाको राजधानी क्वालालम्पुरमा सुदूर पश्चिमेली नेपाली समाजको पाँचौँ अधिवेशन तथा गौरा पर्वको कार्यक्रममा  नै ‘अग्निदहन’ प्रदर्शन गर्ने तयारी गरिएकाे छ ।

२०७६ भदौ ११ गते सिङ्गापुरमा तथा भदौ १४ गते थाइलैण्डमा उक्त चलचित्र प्रदर्शन कार्यक्रम रहेकाे छ ।